पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

 

प्रदेश प्रहरी प्रमुख बमद्वारा विभिन्न जिल्लाहरुको निरीक्षण

४ नं. प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा यही भाद्र २१ गते ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक कमल सिंह बमले लमजुङ र  तनहुँका विभिन्न प्रहरी कार्यालयको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, अनुशासन, व्यावसायिक प्रहरी कार्यसम्पादन, अपराध अनुसन्धान र नियन्त्रण लगायतका समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ तथा मातहको ईलाका प्रहरी कार्यालय भोटेओडार साथै जिल्ला प्रहरि कार्यालय तनहुँ र मातहतका ईलाका प्रहरी कार्यालय आबुखैरेनी, डुम्रे लगयातका कार्यालयहरुमा विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरिक्षण गर्नुभएको छ ।

निरीक्षण तथा अवलोकनका क्रममा विभिन्न प्रहरी कार्यालयमा पुग्नुभएका प्रहरी अतिरीक्त महानिरीक्षक बमलाई उक्त कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्य क्षेत्र भित्रको भौगोलिक सामाजिक अवस्था, विविध अपराधको अवस्था, प्रहरी परिचालन, शान्ति सुरक्षाको अवस्था लगयातका विषय समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।

 

सोही क्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी अतिरीक्त महानिरीक्षक बमले समयको परिवर्तन संगसंगै आम नागरिक आफ्नो हक अधिकार प्रति पुर्ण रुपमा जानकार भैसकेकाले नेपाल प्रहरी आफ्नो सेवा प्रवाहमा कुनैपनि हालतमा चुक्न नहुने कुरा बताउदै उच्च मनोबलका साथ संवेदनशिल भई कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

 

निरीक्षण तथा अन्तर्क्रिया सम्पन्न : क्षेत्रीय प्रहरी आवसिय विद्यालय तनहुँ

प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव प्रशाद जोशीले तनहुँ स्थित रहेको पश्चिम क्षेत्रीय प्रहरी आवसिय माध्यामिक विद्यालयको स्थलगत निरीक्षण गर्नुभई विद्यालयका शिक्षक शिक्षिका तथा प्रहरी कर्मचारीहरुसंग एक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गर्नुभएको छ ।

निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले विद्यालयमा रहेका विभिन्न भवनहरु तथा कक्षाकोठा, मेष लगायतको निरीक्षण गर्नुभएको थियो । सोही अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त विद्यालयका प्राचार्यले विद्यालयको भौतिक संरचना, विद्यार्थीहरुको संख्या, शैक्षिक गुणस्तर साथै आवस्यक पुर्वाधारहरुको विषयमा जानकारी गराउनुभएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक जोशिले विद्यालयले प्रदान गरेको शैक्षिक गुणस्तरमा थप वृद्धी हुनुपर्ने बताउदै अन्य प्रहरी विद्यालयहरुसंग आवस्यक समन्व्य गरी गुणस्तरिय शिक्षा प्रदानका लागि आवस्यक गृहकार्य गर्नुपर्ने बताउनु भएको छ । अहिलेको समय प्रतिस्प्रर्धाको रहकाले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा बताउदै गुणस्तरिय शोक्षाले नै शिक्षकको वृति विकास र सेवा सुविधालाई टेवा पुर्‍याउने हुँदा यसका लागि सामुहिक रुपमा लाग्नुपर्ने कुरा बताउनुभयो । साथै उक्त विद्यालयलाई भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाउनका लागि आफुले तत्कालै आवस्यक पहल गर्ने कुरा समेत बताउनु भएको छ ।

 

उक्त कार्यक्रममा ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्त बाहदुर कुवँर, सोही विद्यालयका समादेशक प्रहरी निरीक्षक खुमानन्द पाण्डे, सोही विद्यालयका प्राचार्य कुमार गुरुङ, विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

 

कास्की : वृक्षारोपण सम्पन्न

मिति २०७४।०५।२१ गते अं.०७:५० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं.-७ स्थित एयरपोर्टको गेट अगाडी निजामति सेवा दिवस-२०७४को उपलक्ष्यमा निजामति कर्मचारी संघ कास्कीको आयोजनामा वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि क्षेत्रीय प्रशासक श्री लक्ष्मण अर्याल रहनुभएको थियो ।  साथै उक्त वृक्षारोपण कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ घिमिरे, जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्री, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहभागिता रहेको थियो ।

बगलुङ : झूण्डी मृत्यु

मिति २०७४।०५।२१ गते अं.१४;१५ बजेको समयमा बागलुङ न.पा.४ उपल्लाचौर बस्ने बलिभद्र आचार्यको श्रीमती वर्ष ५०की आई कुमारि आचार्य आफ्नै घरको आफु सुत्ने कोठाको बासको बलोमा प्लास्टि डोरिको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटि गई घटनाका विषयमा थप हनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मितिः बुधबार, भदौ २१, २०७४     9:08:09 PM

Tara Chapagain

See all posts by