क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको निधन

काठमाडौं, भदौ २१

नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको निधन भएको छ । ८९ वर्षका शाहको उपचारका क्रममा बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।

उहाँ बाथरुममा लडेर घाइते भएपछि एक हप्ताअघि नर्भिक अस्पतालमा भर्ना हुनु भएको थियो । भारतको राँची र पटनामा पढ्न जाँदा क्रिकेट सिकेर नेपाल फर्केका शाहले ४० वर्षसम्म क्यानको अध्यक्ष भएर काम गर्नुभएको थियो ।

 

प्रकाशित मितिः बुधबार, भदौ २१, २०७४     3:08:38 PM

Tara Chapagain

See all posts by