सफलताका लागि प्रेरणा कार्यक्रम

मोटिभेट न्युजको आयोजना तथा सेतोपरेवा र सेगा एजुकेसन फाउन्डेसनको स्थानिय आयोजनामा सफलताका लागि प्रेरणा कार्यक्रम पोखरा सभागृहमा भाद्र १६ गते शुक्रबार सम्पन्न भएको छ ।

करिव १५०० विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व सेतोपरेवाका प्रधान सम्पादक तथा संचालक सुनिल पाण्डेले गर्नुभएको थियो । कार्यक्रम सन्चालन मोटिभेट न्युजका शिव शक्ती आचार्य ले गर्नुभएको थियो । कार्यक्रममा वक्ताको रुपमा चर्चित उत्प्रेरक बि के शर्मा, ओमकुमार मगर ,उपेन्द्र अधिकारी,विश्व साईकल यात्री पुस्कर शाह,वान लेग डान्सर रोमा न्यौपाने लगायतको प्रस्तुती रहेको थियो ।

कार्यक्रमको मुख्य प्रायोजकको रुपमा इन्सर्च इन्टरनेसनल ईन्स्टीच्युट, प्रायोजकमा अवार्ड इन्टरनेशन ईन्स्टिच्युट र जेनेक्स अटोमेसन प्रा.लि रहेका थिए । कार्यक्रममा डल्फिन एजुकेसन कन्सल्टेन्सी, कन्चन कम्प्युटेर सेवाले सहकार्य गरेका थिए। सेगा एजुकेसन फाउन्डेसन प्रा.लि सिर्जनाचोक पोखराका संस्थापक संचालक बिकास भुर्तेलले बिभिन्न वक्ताहरुलाई एकै मंचमा उभ्याएर पोखरामा पहिलो पटक यस्तो कार्यक्रम गरिएकोले सहभागीलाई सृजनात्मक, रचनात्मक र सकरात्मक बन्न प्रेरणा मिलेको विश्वास व्यक्त गर्नुभयो । विभिन्न सहयोगी संस्था, नेपाल सरकार गृह मन्त्रालय, पोखरा लेखनाथ महानगरपालिका , मुख्य प्रायोजक, प्रायोजक तथा सहकार्य गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिएको थियो।

प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४     10:48:28 AM

Tara Chapagain

See all posts by