सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, १८ भदौ । यो महिनाको सुरुदेखि नै उकालो लागेको सुनचाँदीको भाउ आइतबार पनि बढेको छ । सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँ बढेर ५६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । सुनमा लगानी गर्नेको संख्या बढेकाले महँगो भएको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा लगानी गर्नेको संख्या बढ्छ ।

 

प्रकाशित मितिः आइतवार, भदौ १८, २०७४     6:11:18 PM

Tara Chapagain

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *