सिड को १४ औं स्थापना दिबश तथा तालिम समापन

सामुदायिक विकासका लागि स्थानियको सक्रियता, सहभागिता तथा क्षमता अभिबृद्धी गर्ने उद्देश्यले सामाजिक, शैक्षिक तथा वातावरणीय विकास प्रतिष्ठान सिड फाउण्डेसनले आयोजना गरेको चार दिने नेतृत्व तथा ससक्तीकरण तालिम शनिबार सम्पन्न भएको छ ।
सिड फाउण्डेसनको १४ औं स्थापना दिबशका अवसरमा उक्त तालिम आयोजना गरिएको हो । यसै अवसरमा आयोजना गरिएको एक औपचारीक समारोहका विच तालिमको समापन गरिएको हो ।

यसैविच उक्त समारोहमा प्रमुख अतिथि तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्राइले तालिमका सहभागिहरुलाइ प्रमाणपत्र वितरण गरेकि थिइन् । सोहि क्रममा प्रमुख अतिथि भट्राइले महिला ससक्तिकरणको पहिलो सर्त भनेकै आर्थिक रुपमा आत्मनिर्भर हुनु हो भन्दै आँफूभित्र उद्यमशिलताको विकास गर्दै महिलाहरु अगाडी बढनु पर्ने बताइन् । आर्थीक उपार्जनका काम धन्दामा व्यस्त हुने हो भने महिलाले भोग्दै आएका संपूर्ण हिंसाजन्य व्यवहारहरु पनि न्युनिकरण हुँदै जाने उनले बताएकी थिइन् । त्यसैगरी लेखनाथका तालहरुबाट निकिालिएका जलकुम्भि बाट बिभिन्न हस्तकला सामग्री बनाउनका लागि यहाँका महिलाहरुलाइ तालिम दिने प्रतिवद्धता समेत उनले व्यक्त गरिन् ।

तालिममा सिड फाउन्डेसनका सदस्यहरु तथा बिभिन्न स्थानिय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु गरी ३० जनाको सहभागिता रहेको थियो । उक्त तालिममा बोल्ने कला, नेतृत्व विकास, व्यक्तित्व विकास, बैठक संचालन लगायतका विषयमा संचारकर्मी दिपेन्द्र श्रेष्ठ, रमेश पौडेल, जमुना शर्मा वर्षा ,स्मीता अधिकारी र सुष्मा पौडेलले प्रशिक्षण दिएका थिए ।

सिड फाउण्डेशनका अध्यक्ष धु्रबनाथ अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पत्रकार रमेश पौडेल, सिड फाउण्डेसनका निर्देशक तथा संस्थापक अध्यक्ष दामोदर भक्त थापा, वडा नं ३१ का जन प्रतिनिधि विष्णु विक, अमरसिद्ध नमुना माविका प्रअ विष्णु पौडेल, शिव गोरक्षनाथ पिठ सिद्धाश्रमका खेमनाथ भट्राइ , प्रशिक्षक स्मीता अधिकारी, बेगनासताल आमा समुहका सचिव दुर्गा अधिकारी र सहभागिको तर्फबाट मेलिना गुरुगंले बोलेका थिए । कार्यक्रमको संचालन फाउण्डेसनका सचिव मदन थापाले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, भदौ १८, २०७४     6:07:56 AM

Tara Chapagain

See all posts by