बाढिपीडितहरुको सहयोगार्थ पोखरामा चित्रकला प्रदर्शनी हुदै :

पोखरा, १७ भाद्र ।
सिर्जनसिल कलाकार समुह पोखराको आयोजनामा बाढिपीडितको सहयोगार्थ चित्रकला प्रदर्शनी हुदैछ । पोखरामा अजदेखी सुरु हुने उक्त प्रदर्शनी एक साता सम्म महेन्द्रपुलमा रहेको आर्ट ग्यालरीमा जारी रहने अध्यक्ष नगेनसिंह ठकुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रर्दशनीमा कलाकारहरुले आफ्ना सृजनाहरु पचास प्रतिशत छुटमा बिक्रि गर्नेछन् । त्यसको पनि पचास प्रतिशत सर्जक र बाँकी पचास प्रतिशत रकम भने बाढिपीडितहरुको सहयोगार्थ उपलब्ध गराईने छ ।
मुलुकको तराई क्षेत्रमा निरन्तरको वर्षाका कारण आएको बाढिले समस्यामा परेका पीडितहरु लाई राहत प्रदान गर्ने गरि उक्त कार्यक्रमको आयोजना गरिएको विश्वकला यात्री समेत रहेका प्राज्ञ ठकुरीले जनाकारी दिनुभयो ।
“सृजना हाम्रो अभियान, सभ्यता र पहिचान” भन्ने नाराका साथ क्रियाशिल कलाकारहरुको उक्त समुहले पोखराको कला विकासमा महत्वपुर्ण योगदान गरिरहेको सरोकारवालाहरुले बताएका छन् ।
तर, पोखरेली कलाको विकास गति अनुमान गरिए भन्दा धिमा रहेको उक्त क्षेत्रका विज्ञहरुले गुनासो गरेका छन् ।

प्रकाशित मितिः शनिबार, भदौ १७, २०७४     6:20:55 PM

Tara Chapagain

See all posts by