पोखरा १५ भदौ ।
कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा रहेको सभ्य समता बचत तथा ऋण सहकारी संस्था लिमिटेडवाट गएराती २५ लाख ६६ हजार रुपैयाँ लुटिएको छ ।
विहीवार विहान कार्यालय समयमा कर्मचारी सुशील श्रेष्ठ कार्यालयमा सफाई गर्दै जाँदा भुँईमा पैसा खसेको देखेर कतावाट आयो भन्दै अर्को भल्ट राखिएको कोठामा पुग्दा भल्ट फुटालिएको देखेपछि मेनेजर र प्रहरीलाई खवर गरेका थिए । कार्यालयको सटर भएको पछिल्लो झ्याल फोरेर चोर भित्र पसेको थियो ।
विहान अफिस समयमा मात्र चोरी भएको देखिएपछि राती कति वेला चोरी भयो भन्ने खुल्न नसकेको सहकारीका कोषाध्यक्ष डम्वरराज ढकालले जानकारी दिए । सकेको छैन । यदुराम अधिकारीको घरमा भाडामा संचालन हुँदै आएको सहकारीमा अन्य कोही पनि वस्ने गरेका थिएनन् । वित्तिय संस्था जस्तो संवेदनशिल क्षेत्रमा सिसी क्यामेरा समेत जडान नभएको र सुरक्षा गार्ड समेत नहुँदा चोरले सहज रुपमा चोरी गरेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कवहादुर खत्रीले जानकारी दिए । चोरीको जानकारी आएपछि प्रहरी पुगेको र अनुसन्धान जारी रहेको उनको भनाई छ ।
२०६६ सालमा साविक लाहाचोकमा कार्यालय स्थापना गरि संचालनमा आएको उक्त सहकारी पछिल्लो समय माछापुच्छ«े गाउँपालिकालाई कार्यक्षेत्र वनाएको थियो । लाहाचोक माछापुछ्रे गाउँपालिकाको केन्द्र पनि हो ।