चाउथे र वीरगञ्जमा गण्डकी विकास बैंकको नयाँ शाखा विस्तार

गण्डकी विकास बैंकले पोखराको चाउथे र वीरगञ्ज शाखाबाट कारोवार शुभारम्भ गरेको छ । उल्लेखित शाखा सहित बैंकको ५३ वटा शाखा कार्यालय भएका छन् । सबै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिट्यान्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा द्रदान गरिने बैंकले जनाएको छ । साथमा, निकट भविष्यमा नै  विर्तामोड, विराटनगर,  गोगंबु, र अमुवाबाट समेत शाखा संचालन गर्ने तयारी भइरहेको नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले बताए ।

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ मा ८५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकले १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जातर्फ १६ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।

बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, एसएमएस, बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ । साथमा प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा समेत प्रदान गर्दै आएको छ ।
 

प्रकाशित मितिः शुक्रबार, भदौ १६, २०७४     8:55:40 AM

Tara Chapagain

See all posts by