मिनी म्याराथुनमा रोशन गुरुङ प्रथम

पोखरा १४ भदौ ,

आगामी  १६ गतेदेखि २५ गते सम्म आयोजना हुन लागेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजित मिनी म्याराथुनमा लमजुङका रोशन गुरुङ प्रथम भएका छन् ।

बुधबार सम्पन्न १० किलोमिटर मिनीम्याराथुनमा ३७मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम भएका हुन् । त्यस्तै पोखरा मिरुवाका संदिप विक दोस्रो तथा सिम्पानी पोखराका सरोज थापा तेस्रो स्थान भए ।

त्यस्तै दोस्रो र तेस्रो हुने विक र थापाले क्रमश ३८ मिनेट ३० सेकेण्ड तथा ३९ मिनेट ४० सेकेण्डमा पुरा गरेका थिए । मिनी म्याराथुनको विजेताले दश हजार नगद पुरस्कार र प्याराग्लाईडिङको टिकट जितेका छन ।

दोस्रो हुनेले नगद सात हजार र जिप फ्लायरको टिकट पाएका छन भने तेस्रो हुनेले नगद पाँच हजार जितेका छन् । त्यस्तै सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजना गरिएको सराङ्गकोट पर्यटन महत्सवको प्रचारप्रसारका लागि महोत्सवको पूर्व सन्ध्यामा मिनी म्याराथुन आयोजना गरिएको हो । पर्यटन दौडमा ७८ जना स्वेदेशी तथा पाँच जना विदेशीले सहभागिता जनाएका थिए । मिनी म्याराथुन पोखरा बागलुङ्ग बसपार्क देखि सराङ्गकोट टपमा पुगेर सम्पन्न भएको थियो ।

 

प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४     6:38:02 PM

Tara Chapagain

See all posts by