पश्चिमाञ्चल क्याटरिङ तथा पार्टी प्यालेस सँघको सातौ अधिबेशन सम्पन्न

पश्चिमाञ्चल क्याटरिङ तथा पार्टी प्यालेस सँघको सातौ अधिबेशन तथा एघारौँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसिले क्याटरिङले जातिय छुवाछुतको अन्त्य गर्नमा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन ।
साईमन पार्टी प्यालेसमा सम्पन्न भएको अधिबेशन तथा साधारण सभा कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्दै जिसिले क्याटरिङ तथा पार्टी प्यालेसले जातिय छुवाछुतको अन्त्य गर्न महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन ।
कार्यक्रमको बिधिगत उद्घाटन गर्दै जिसिले एउटै भाडामा पकाईने एउटै दाडुले झिकिने तथा एउटै लाईनमा बसेर खाना लिनुपर्ने क्याटरिङको सिस्टमले जातिय सद्भावना सुमधुर कायम गर्ने  बताए ।

साथै यो ब्यबसाय अब्बल दर्जाको भएको बताउदै प्रतिस्पर्धाको समय भएकाले स्वस्थ्यकर तथा हाईजेनिक खानामा मात्र ब्यबसायिहरु प्रतिस्पर्धा गर्नुपर्नेमा जिसिले जोड दिए । चक्का जाम जस्ता सडक अबरुद्ध भएको समयमा विबाहको गाडीलाई छुट्न दिईने तर त्यही विबाहमा क्याटरिङको ब्यबस्था गरेको सामान बोकेको गाडीलाई छुट्न नदिने यो प्रचलनलाई यथाशिघ्र सुल्झाउन आफु कटिबद्ध रहेको जिसिले बताए ।

यसैबिच रुपा गाउँपाकिाका प्रमुख नवराज ओझालाई र क्याटरिङका सञ्चालकहरुलाई उत्कृष्ट ब्यबसायीको रुपमा सम्पन्न कार्यक्रमा सम्मान पनि गरीएको छ । आफन्त क्याटरिङका सञ्चालक तथा पश्चिमाञ्चल क्याटरिङ तथा पार्टी प्यालेस सँघका पुर्व सचिव समेत सहेका ओझालाई सँस्था प्रति अतुलनिय योगदान पुर्‍याएको र रुपा गाउँपालिकामा प्रमुखको रुपमा निर्वाचित भएको भन्दै सम्मान गरीएको थियो ।

त्यसै गरी उत्कृष्ट ब्यबसायीको रुपमा त्रिशक्ती क्याटरिङका सञ्चालक गोबिन्द पराजुली, थापा क्याटरिङका सञ्चालक खड्क बहादुर थापा लगायतका ब्यबसायीहरु सम्मानित भएका थिए ।
सोही अबसरमा बोल्दै ओझाले क्याटरिङ तथा पार्टी प्यालेसले झेल्नु परेका समस्याहरुलाई सम्बन्धित निकायमा दरिलो रुपमा कुरा उठाउने बताए । साथै कुनै पनि विबाह वा पार्टी सम्पन्न भएपछि धर फर्कने क्रममा चेकिङमा रहेका ट्राफिक प्रहरीले अनावश्यक दुख दिने भन्दै ओझाले आपत्ती समेत जनाएका थिए ।
लिला जिसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल क्याटरिङ महासंघका अध्यक्ष अरुण बैद्य, नेपाल क्याटरिङ तथा पार्टी प्यालेस सँघ जिल्ला समितिका प्रतिनिधिहरु तथा जिल्ला प्रहरी कास्कीका प्रहरी नायब उपरीक्षक खड्क बहादुर क्षेत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने समितिका उपाध्यक्ष भरत सापकोटाले स्वागत मन्तब्य तथा सँघका महासचिब दिपक गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४     6:32:53 PM

Tara Chapagain

See all posts by