सुजुकीको प्रिमियम कम्प्याक्ट ‘ईगनिस’ को पोखरामा बिक्री सुरु

१३ भदौ ।

 सुजुकी गाडीको गण्डकी धौलागिरीको विक्रेता बतास व्रदर्श प्रालिले ईगनिस जापानी कम्प्याक्ट एसयूभीको मंगलवार एक कार्यक्रमका साथ बिक्री सुभारम्भ गरेको छ ।उक्त गाडीको कार्यकारी निर्देशक प्रमेश पराजुलीले सुभारम्भ गर्दै पहिलो ग्राहक पोखरा एरपोर्टका राम अधिकारीलाई गाडीको साँचो हस्तान्तरण गरे । यसको मुल्य २८ लाख ८९ हजार ९ सय देखी ३५ लाख १९ हजार सम्म रहेको छ ।

यो कार विभिन्न ६ वटा कलरमा उपलव्ध रहेको र सुभारम्भको पहिलो दिनमानै राम्रो प्रतिक्रिया प्राप्त भएको विक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए । ताजगि सहितको आन्तरिक सजावट, स्मार्टफोन अन ह्विल्स, एण्ड्रोइड अटो, ठूलो क्याविन, अत्याधुनिक सुरक्षाफिचर्स, शक्तिशाली कार्यप्रदर्शनी र स्टाइल स्टेटमेण्ट लगायतका सुविधाहरुले कार अरुभन्दा पृथक रहेको बतास व्रदर्शका मार्केटिङ एक्जुकेटिभ नवराज अधिकारीले बताए ।

कारमा यात्रा गर्नेहरुको सुरक्षालाई विशेष ध्यानमा राखेर यसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधिमा आधारित रहेको वताईन्छ ।कारको बाह्य सजावट आजका पुस्ताको आवश्यकता अनुसार पृथक शैलीमा गरिएको र कारको अघिल्लो भागमा ईनसेट हेडल्याम्पका साथमा सिंगल फ्रेम ग्रिल डिजाइन प्रयोग गरिएको वताईन्छ । कारको आन्तरिक तथा बाह्य सजावटमा प्रयोग गरिएको सुजुकीको ट्रेड मार्क र डुअल टोन बाह्य सजावटले कारलाई ट्रेण्डी देखाउन उल्लेख्य मात्रामा सहयोग गरेको ढकालको भनाई छ ।

कारमा जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्ध गरिएको छ । यसरी उपलब्धगरिएका सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकता अनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाउ पु¥याउने विश्वास कम्पनीको छ ।

ईगनिसमा यात्रुको सुरक्षालाई विशेष ध्यान दिइएकोप, एयरब्याग्स, प्रिटेन्सनर सहितका सिटबेल्ट र स्ट्याण्डर्ड फिटमेण्टका रुपमा ईबीडी सहितका एबीएस र यात्रुका साथै बटुवाका लागि समेत कारमा सुरक्षाका दृष्टिले पर्याप्त ध्यान दिइएको छ । कार्यक्रममा बतास व्रदर्शका मानव संसाधन विभाग प्रमुख विश्वमणी भण्डारीले समेत भनाई राखेका थिए ।

प्रकाशित मितिः मङ्लबार, भदौ १३, २०७४     8:49:49 PM

Tara Chapagain

See all posts by