सुदुरपश्चिमको सांस्कृतिक एंव लोक प्रिय चाड गौरा पर्व आजबाट शूरु

पोखरा १३ भाद्र
सुदुरपश्चिमको सांस्कृतिक एंव लोक प्रिय चाड गौरा पर्व आजबाट बिधिवत रुपमा शूरु भएको छ । यो पर्व सुदुरपश्चिमको धार्मिक एंव सांस्कृतिक पर्व पनि पर्व हो एकताको पर्वको रुपमा मानिने यस पर्वलाइ खास गरि महिलाले शिव पार्वतीको पुजा आराधना गर्ने गर्दछन् ।

गौरा पर्व भाद्र षष्टी देखि अष्टमीसम्म बिभीन्न कार्यक्रमको आयोजना गरेर मनाइन्छ यस पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरुले आ आफ्नो घरमा निराहर बसि तामा वा पित्तलको भाडामा बिरुडा अर्थात पाँच थरिका गेडागुडी भिजाउने गर्दछन् । यिनै पाँच थरिको अन्नको मिश्रणलाइ बिरुण भन्ने गरिएकोले यसलाइ बिरुडा पर्वको नामले पनि चिनीने गरिएको छ ।

बिरुडा भिजाएको केहि दिनपछि महिलाहरुले सामुहिक रुपमा धान , साँउ, तिल,अपमार्ग आदि बिरुवाका बोटहरु बाट गौराको प्रतिमा मुर्ति बनाइ गौरा घामा भित्रयाउने चलन छ । धार्मिक अनुष्ठान एंव पुजाआजका साथै गौरालाइ घर घरमा भित्रयाइ सकेपछि पुरुष तथा महिला छुट्टा छुट्टै गोलबद्ध भइ स्थानिय लोक भाषामा देउडा, चैत, धमारी , आदि खेल खेलेर आन्नद लिने गर्दछन् । गौरा पर्व भाद्र पञ्चमीको दिन शुरु हुने गरेपनि यसको समापन भने फरक फरक दिन हुने गर्दछ ।

कैलाली, कञ्चनपुर ,डडेलधुरा ,बैतडी ,दार्चुला , डोटि लगायतका सुदुर पश्चिम जिल्लामा आ आफनो धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार फरक फरक दिन पारेर यो पर्व मनाउने चलन छ । सुदुरपश्चिम सगै यो पर्व भारतको कुमाउ, गढवालमा सहित मनाउने गरिन्छ गौरी पर्वमा ब्रत बसि शिव र पार्वतिको पुजा अर्चना गर्नाले सुख शान्ति प्राप्त हुने , इष्ट देवता र कुल देवता प्रशन्न हुने जनविश्वास रहेको छ । यो पर्व एक सातासम्म मनाउने गरिन्छ ।

 

प्रकाशित मितिः मङ्लबार, भदौ १३, २०७४     7:56:06 AM

Tara Chapagain

See all posts by