युवा पत्रकारद्धय दवाडी र दाहाललाई बाल कल्याण पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरा, १२ भाद्र:
बालबालिकाहरुको अधिकारका क्षेत्रमा क्रियाशिल बाल कल्याण संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको बाल कल्याण पत्रकारिता पुरस्कार २०७४ बाट युवा पत्रकारद्वय कृष्ण दवाडी र पुष्प दाहाल पुरस्कृत हुने भएका छन् । पत्रकार दवाडी पोखराबाट प्रकाशित हुने हिमाली आवाज साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशक दवाडी एक दशकदेखि पत्रकारितामा क्रियाशील छन् । उनि नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् ।

अर्का पत्रकार दाहाल पोखराको स्थानिय रेडियोमा कार्यरत छन् । उक्त पुरस्कारबाट यस अघि घनश्याम पाण्डे, नारायण शाही र प्रकाश ढकालले प्राप्त गरेका थिए । १७ वर्षदेखि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाले बालबालिकाको क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । भदौ १८ गते संस्थाको ७ औं अधिवेशन तथा १७ औं साधारणसभाको अवसरमा उक्त सम्मान प्रदान गर्न लागिएको संस्थाका सचिव माधव पनेरुले जानकारी दिनुभयो । हाल संस्थामा १७ जिल्लाका ३३ जना बालबालिका संरक्षित छन्

प्रकाशित मितिः सोमवार, भदौ १२, २०७४     10:14:17 AM

Ganesh Pahari

See all posts by