पोखरामा जारी बृहत सरसफाइ अभियानको ६५ औ श्रृखलामा पनि उल्लेखनिय सहभागीता

पोखरामा जारी बृहत सरसफाइ अभियानको ६५ औ श्रृखला पोखराको बिध्यावासिनी मन्दिर परिसरमा उल्लेखनिय सहभागीताका साथ समपन्न भएको छ । हप्तामा एक घन्टा राष्टको लागी स्वंयम सेवक भन्ने नाराका साथ संचालित कार्यक्रममा झन्डै १० टन प्लास्टिक जन्य फोहोर मैला संकलन भएको थियो ।


सफाइ अभियानमा शसस्त्र बल कालिका गणका गणपति भिम बहादुर थापाले राष्टिय गान बजाएर कार्यक्रको उद्घाटन गरेका थिए । पोखरा लेखनाथ महानगरपालिका वडा .न २ का अध्यक्ष रामेश्वर मल्लले उपस्थित सहभागीहरु लाइ सरसफाइ र राष्टिय भावनाको सपथ खुवाएका थिए ।शसस्त्र बल कालिका गणका गणपति नव आगन्तु भिम बहादुर थापालाइ अभियानका तर्फबाट सफल कार्यकालका लागी शुभकामना ब्यक्त गरिएको थियो

यस पटकको सफाइ अभियानमा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , मुक्तिनाथ बिकास बैक ओम डेभलपमेन्ट बैक , इन्दिे्रणी टोल बिकास संस्था , भिमकाली टान टोल बिकास संस्था ,सामुदायिक प्रहरी सेवा केन्द्र बगर , नमुना आमा समुह , बिध्यावासिनी धार्मिक बिकास समिति , जन प्रतिनिधी लगायत वडा बासीहरुले एक्येबद्धता जनाएको नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले जानकारी दिए ।

सामाजिक अभियन्ता एवं पोखरा ग्रिन मार्ट प्रा. लि का अध्यक्ष सुजन गुरुङले बध्यावासिनी धार्मिक बिकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठलाइ तिन थान आधुनिक कनटेनर , डस्टविन हस्तान्तरण गरेका थिए अध्यक्ष गणेश बहादुर श्रेष्ठले सरसफाइ अभियानमा उपस्थित सबैलाइ धन्यबाद ज्ञापन गरेका थिए । ६६ औ हप्ताको सरसफाइ अभियान ड्याम साइड स्थित फेवतालको किनारमा हुनेछ ।

प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     6:43:40 PM

Tara Chapagain

See all posts by