लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजको पहिलो कार्यक्रम बृक्षारोपण

पोखरा ,भदौ १०
तारा चापागाइ
पोखराका बिभीन्न क्षेत्रमा कार्यरत महिलाहरु एकजुट भइ गठन भएको लायन्स क्लव अफ डायमन्ड भिलेजको स्थापना सगै पहिलो काम वृक्षरोपण गरेको छ । लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेज र डायमन्ड भिलेजकले संयुक्त रुपमा बृक्षारोपण कार्यक्रम गरेको हो । पोखरा बाग्लुङ जोड्ने भुपी शेरचन राजमार्ग अन्तर्गत मालेपाट्न स्थित वडा कार्यालय आसपासको क्षेत्रमा २५ वटा विभिन्न बिरुवाहरुको बृक्षारोपण गरिएको लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजका अभ्यक्ष कन्चन थापाले जानकारी दिइन ।


पोखरा लेखनाथ महानगरपालिका कार्यालय ,जिल्ला बन कार्यालय कास्की,सेनाको पश्चिम पृतना मुख्यालयको सहयोग एबम स्थानिय संघ संस्थाको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा न पाँचका अध्यक्ष धन बहादुर नेपालीले उद्घाटन गर्दै सो क्लबको सेवामुखी कार्य उदाहरणको रुपमा रहेको र बाताबरण मैत्री बिकासमा महानगरले जोड दिएको बताए। उनले बिरुवा रोप्ने काम संगै तिनिहरुको संरक्षकत्वमा पनि प्रमुख चासो दिन आयोजक र स्थानियबासिहरुलाइ आग्रह गर्दै सो को लागि वडा कार्यालयले समेत तत्परता देखाउने बताए उनले लायन्स क्लवले गरेको कामलाइ धन्यबाद ज्ञापन गदै महानगरले शुरुवात गरेको हराभरा पोखरा बनाउने अभियानमा सहयोग गर्ने संघ संस्था तथा सगै सबै सहयोगीलाइ धन्यबाद पनि दिए ।

कार्यक्रम संयोजक शिवराज पौडेलले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए । भने स्वागत लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजका अध्यक्ष कन्चन थापाले र सन्चालन सचिब बिजय पाहारिले गरेका थिए।

लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजका अध्यक्ष तिर्थराज आचार्यको अध्यक्षता कार्यक्रम सम्पन्न भएको क्लबका सूचना तथा सन्चार निर्देशक तारा चापागाइले जानकारी दिइन् ।

प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     11:54:22 AM

Tara Chapagain

See all posts by