हिमालयन क्लब बाटुलेचौरको तिज मेला जारि, जमुना वर्षा शर्मा सम्मानित

पोखरा भदौ ७, पोखरा

हिमालयन क्लब बाटुलेचौरले पोखरा १६ ले प्रत्येक बर्ष तिज पर्वको अबसरमा आयोजना गर्ने तिज महोत्स पोखरामा जारि रहेको छ । मेला को तेश्रो दिन आज  बुधबार पोखरा लेखनाथ महानगरका उपमेयर मन्जु देबी गुरुङ को प्रमुख आतिथ्यमा  सम्पन्न भयो। सो कार्यक्रममा पोखरा एक्सप्रेसका प्रधान सम्पादक एबम संचारिका समूह पश्चिमान्चलकाअध्यक्ष जमुना बर्षा शर्मा लाइ क्रियाशील महिला पत्रकारिता सम्मान २०७४ बाट सम्मान गरियको हो। कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगर पालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, सांसद शारदा पौडेल, कुमार खड्का, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, मेला संयोजक बेनीबहादुर बस्नेत, श्रष्टा छनौट समितिका संयोजक उदयबहादुर बस्नेत, क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठले सम्मान पत्र सहित माला र दोशल्ला ओढाएर सम्मान गर्नुभएको हो ।कार्यक्रममा गायिकाद्वय ज्योति लोहनी ,माया गुरुङ लगायतका  विभिन्न क्षेत्रका श्रष्टाहरु सम्मानित भएका छन् । हिमालय क्लवले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको मेलामा यस पटक ह्याण्डबलका राष्ट्रिय खेलाडी विशाल खड्का, विशाल बस्नेत र सहयोगी संस्थाको रुपमा मैदान आमा समूह सम्मानित भएका छन् ।

 

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा लेखनाग महानगर पालिकाका उपप्रमुख मञ्जेदेवी गुरुङले सँस्कृति संरक्षण र पहिचानका लागि समाजका हरेक व्यक्ति र संस्थाहरु जुट्नुपर्ने बताउनुभयो । उहाँले क्लवको प्रशंसा गर्दै सामाजिक कार्यमा हातेमालो गर्न महानगर पालिका तयार रहेको बताउनुभयो । कार्यक्रम संयोजक बेनीबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सांसद शारदा पौडेल, कुमार खड्का, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, क्लवका सचिव मोहन थापा लगायतले तीजलाई सँस्कृतिमूलक बनाउन आग्रह गर्नुभयो । मेलामा तेस्रो दिन पनि विभिन्न साँस्कृतिक कार्यक्र प्रस्तुत गरिएको क्लवका सह–सचिव बैकुयठ पौडेलले जानकारी दिनुभयो । मेलामा बुधबार लोकदोहोरी गायक घनश्याम रिजाल, ज्योति लोहनी, माया गुरुङ, मञ्जु वि.क., लक्ष्मी बानियाँ, कृष्ण सुुवेदी, ऋतु परियार लगायतका कलाकारहरुले सहभागीलाई नचाएका थिए । 

 

सोही कार्यक्रममा विपन्न परिवारका एकल महिला दुई जनालाई सहयोग रकम हस्तान्तरण गरिएको प्रचार संयोजक शिवराज देवकोटाले जानकारी दिनुभयो । दिनभर जसो सिमसिम पानी परिरहे पनि मेला हेर्न दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । मेलामा विहीबार आमा समूहको समूहगत तीज गीत तथा नृत्य प्रस्तुती रहने र ह्याण्डबलको फाइनल खेल हुने बताइएको छ । चार दिन सम्म चल्ने मेला भोलि समापन गरिने आयोजकले जनाएको छ । लगायतलाई समेत सम्मान गरियकोथियो।

सो मेला भोलि बिहिबार समापन हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मितिः बिहिबार, भदौ ८, २०७४     8:09:02 AM

Tara Chapagain

See all posts by