होटल प्रतिनिधि समाजमा: नगेन्द्र थापा

गणेश पहारी, पोखरा ३ भदौ :

होटल प्रतिनिधि समाज पोखराको १७ औं साधारण तथा ९ औं बिशेष अधिबेशनले नगेन्द्र थापाको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वोसम्मत चयन भएका छन । बरिष्ठ उपाध्यक्ष सन्तुकुमार महतो, प्रथम उपाध्यक्ष पुष्टबहादुर पान्डे, दितिय उपाध्यक्ष डिल्लीराम अधिकारी, महासचिब सन्तोष काफ्ले, सचिब महोन बस्नेत कोषाअध्यक्ष पुरुषोतम न्यौपाने, सकोषाअध्यक्ष मोतिराम पौडेल यसैगरी सदस्यहरु तुलबहादुर भण्डारी, नारायण पौडेल, सहदेब पोखरेल, बसन्त आर्चाय, दिनेश दर्जी र खेमबहादुर भण्डारी रहेको कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत शोभा पौडेल पराजुलिले जानकारी दिएकी छन् ।

निर्वा्चित अध्यक्ष थापाले यस संस्थाले गरेका राम्रा र अधुरा कामलाई निरन्तरता दिइने र नेपालको पर्यटकीय क्षेत्र र पोखराको गहनाको रुपमा रहेको फेवाताल सहित सम्पूर्ण पर्यटकीय स्थलका रुपमा रहेका पर्यटकीय स्थलहरुलाई विश्वसामु चिनाउने अभियानमा आफु लाग्ने प्रतिबद्धता जनाउदै पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको बसाई लम्वाइने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन ।


कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मानबहादुर जिसीेले विश्व सम्पदाको १३ औ सुचिमा सुचिक्रित भएको छ, उनले भने । पोखरालाई राम्रो शहर, पर्यटकीय र हरियाली शहरको रुपमा विकास गर्ने आफ्नो योजना रहेको छ । होटल प्रतिनिधि समाज भनेका पर्यटकका राजदुत हुन भन्दै उहाँहरुको ब्यवहारले नै पोखरालाई पर्यटका माझ चिनाउने हुदा अनुशासित भई आफ्नो पेशा ब्यबसाय गर्ने आग्रह गरेका छन । पर्यटकहरुको बसाई लम्बाउनका लागि यस क्षेत्रका ताल तलैया, बाताबरण र प्राकृतिक सम्पदाको जर्गेना गर्नेका लागि पर्यटन ब्यबसायीहरुलाई जोड दिएका छन ।

पूर्व पर्यटन बोड सदस्य तथा पर्यटन ब्यवसायी गणेशबहादुर भट्टराईले सन २०१० सम्म नेपालको पर्यटकको सख्या १० लाख सम्म पुर्याउने सरकारको प्रतिबद्धता नारामा मात्र सिमित रहेको बताउदै, अब हामीहरुनै पर्यटकको सख्या बृद्धि गर्नु पर्ने आबश्यकता रहेको उल्लेख गरे । यदि नेपालमा सन २०१७ सम्म पर्यटकको सख्या १० लाख भन्दा बढी पुर्याउन नसकेमा हामीहरुले आफ्नो पेशा ब्यबसाय धरापमा पर्ने हुदा सम्पूर्ण पर्यटन ब्यवसायीहरुले आफ्नो—आफ्नो क्षेत्रबाट लाग्न सबैलाई आग्रह गरेका छन । पोखरामा रहेका सम्पूर्ण पर्यटकीय क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने सकेमा पर्यटकीहरुको बसाई लम्वाउन सकिने भन्दै यसको संरक्षणमा पर्यटकीय संघसस्थाहरु र नागरिक समाज सहित स्थानिय संस्थाहरुको महत्वपूण योगदान रहने कुरामा जोड दिदै पोखरा लेखनाथ महानगरपालिकाले पर्यटकीय संरक्षणमा खासै चासो नदिएको गुनासो समेत ब्यक्त गरेका छन ।

संस्थाका सदस्य डिल्लीराम अधिकारीले स्वागत मनतब्य राखेको कार्यक्रममा खेलकुद विकास समितिका कोषाअध्यक्ष दिपक गोदार, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष भिम पराजुलि, तेसैगरि पोखरा पर्यटन परिषदका महासचिब कृष्ण भण्डारी र पर्यटन ब्यबसायी बासु त्रिपाढी लगाएतका बक्ताहरुले यस क्षेत्रमा रहेका प्राकृतिक रुपमा रहेका सम्पदाको प्रचार प्रसार गर्ने सकेमा र पर्यटक लाई महत्व बुझाउन सहित चिनाउने कार्य गरेमा पक्कै पनि यस क्षेत्रमा पर्यटकहरुलाई आगमनमा बृद्धि हुनेमा सुझाबसहित आफ्ना भनाई राखेका थिए ।
संस्थाका कार्यबाहक अध्यक्ष तथा अध्यक्ष राजकुमार गुरुङकिो सभाअध्यक्षतामा सम्पन्न भएकोमा सदस्य मोतिराम पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ ३, २०७४     7:51:29 PM

Ganesh Pahari

See all posts by