सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

गणेश पहारी ३ भदौ:

सुनगाभा बचत तथा ऋण सहकारी संस्था पोखरा लेखनाथ महानगर पालिका १८ सेदी बगरको आठौ साधारण सभा शनिबार सम्मपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगर पालिका बडा न १८ वडा अध्यक्ष रणबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाहरु पनि सामाजिक कार्यमा लाग्नु पर्ने कुरामा जोड दिएका छन । उनले बडा न १८को पहलमा बिपद ब्यवस्थापन आर्थिक संकलन अभियान थालेको बताउदै यस क्षेत्रमा कुनै पनि बेला पर्ने सक्ने विपदमा परेका मानिसहरुलाई सहयोग गर्ने उदे्श्यले उक्त कोषको स्थापना गर्ने लागेकोले वडा न १८मा रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी सस्थाहरुले यस अभियानलाई सहयोग गर्ने आग्रह गरेका छन ।

सहकारी भनेको आफ्ना शेयर सदस्यहरुको आर्थिक स्तर बृद्धिमा सहयोग गर्नु पर्ने बताउदै संस्थालाई कृर्षि क्षेत्रमा लगानी गर्नु पर्ने र कृर्षकहरुको जिबन स्तर उकास्ने उदे्श्यका साथ काम गर्ने आग्रह गरेका छन । ग्रामिण क्षेत्रमा स्थापना भएर संस्थाले शेयर सदस्यहरुको लागि राम्रा काम गरेको भन्दै सहकारीको प्रशंसा गर्दै आगामी दिनहरुका पनि रचनात्मक कार्यहरु गर्ने जोड दिएका छन ।


२०६६ सालमा स्थापना भएको सहकारीमा हाल सम्म २सय २ सदस्य रहेकामा महिलाहरु ८८ र पुरुष ९४ जना रहेका छन । ७५ लाख शेयर पुजि रहेको सस्थाले हाल सम्म २ करोड ५० लाख ऋण लगानी गरेको कार्यक्रममा आयोजकले जानकारी दिएका छन । कुल पुजि ३ करोड भन्दा बढी रहेको सस्थाले आगामि दिनहरुमा रेमीटेन्स सेवा समेत दिने आयोजकले बताएका छन ।

कार्यक्रममा एस इ इ र प्लस टुमा राम्रो अंक ल्याउने शेयर सदस्यका छोरा र छोरीहरु र संस्थाका जेष्ठ सदस्य आनन्दप्रसाद पौडेललाई दोसला सहित सम्मानपत्र सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभाअध्यक्षता भएको कार्यक्रममा शिक्षा समितिका संयोजक पार्वति कोइरालाले स्वागत मनतब्य राखेकोमा प्रवन्धक संचालक सरिता सिग्देल, जनमति मार्गका अध्यक्ष रामप्रसाद गौतम, तेसैगरि संचार कर्मी गणेश पहारी, लेखा संयोजक रामबहादुर थापा,छहदी आमा समुह अध्यक्ष पशुपति थापा कोषाअध्यक्ष राजु थापा र सचिब कृष्ण थापा लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ ३, २०७४     7:03:53 PM

Ganesh Pahari

See all posts by