न्यूरोड युवा क्लब द्धारा जिल्ला प्रशासन कार्यालय कास्कीलाई ज्ञापन पत्र

ज्ञापन पत्र बुझ्दै ढकालले तराई क्षेत्र मात्र नडुबेर सिङ्गो नेपालनै पिडामा परिहेकोले राहात संकलन भैरहेको र यथाशिघ्र राहात वितरणको कार्य थालनी गर्ने बताए । ढकालका अनुसार सम्बन्धित ठाँउमा राहात पुग्नको लागी सँघ सँस्था बा अन्य जो कोहीले पनि जिल्ला प्रशासन कार्यालय सँग सहकार्य गर्नुपर्ने बताए ।
मानबअधिकार चोकबाट सुरु भएको ¥याली न्यूरोड, सभागृहचोक, सृजनाचोक हुदै जिल्ला प्रशासन कार्यालय गई कोण सभामा परिणत भएको थियो । सोही अबसरमा बोल्दै कार्यक्रमका संयोजक तथा न्युरोड युवा क्लबका सचिब बिशाल तामाङले तराई बासीको आँखामा आशुँ तिलपिलाईरहदा समेत सरकारले टुलुटुलु हेरेर बसेको भन्दै यथाशिघ्र राहात वितरणको कार्य अगाडी बढाउनको लागी दबाद स्वरुप ज्ञापन पत्र बुझाएको बताए । उनले भने “तराई डुबेको छ तर सिङ्गो पहाड र हिमाललाई दुखेको छ, आखिर यो मन त हाम्रो नेपाली हो ।”
क्लबले बिगतमा अनेकौं सामाजिक कार्य गरेको र केही दिनमै जलमय भएको तराई क्षेत्रमा गई क्लबले सक्दो राहात वितरण गर्ने समेत तामाङको भनाई थियो ।

कार्यक्रमलार्ई ऐक्यबद्धता जनाउदै नवप्रभात मा.वि नयाँबजार, सरस्वती उच्च मा.वि नागढुङ्गा र अमर सिं उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको शान्तिपूर्ण ¥यालीको ब्यबस्थापन कपिल गुरुङ, रोबिन्सन आले मगर, सनि अधिकारी, टासी लामा लगायतले गरेका थिए । भने कार्यक्रम सम्पन्न गर्नका लागी उत्तम गुरुङले आर्थिक सहयोग समेत गरेका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ ३, २०७४     9:16:49 AM

Tara Chapagain

See all posts by