जगदम्बा प्रतिष्ठान पोखराले बाढी पीडित बच्चालाई पालनपोषण गर्ने

भदौ २, पोखरा :

बिभिन्न व्यावसायिक क्षेत्रमा भिन्नाभिन्नै पेशा व्यवसाय सञ्चालन गर्दै आइरहेको जगदम्बा प्रतिष्ठान पोखराले बाढी पहिरोबाट बाबु आमा गुमाएका अनाथ बच्चालाई आफ्नै सन्तान सरह पालनपोषण गर्ने भएका छन् । प्रतिस्ठानका अध्यक्ष केश प्रशाद अधिकारीले पोखरामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी गराएका छन । उनले स्थानिय प्रशासन कार्यालयसँग समन्वय गरी एक जना बच्चाको अभिभावकीय जिम्मेवारी आफूले बहन गर्ने समेतअधिकारीले बताए ।

साउन अन्तिम साता नेपालमा गएको बाढी पहिरोबाट धेरै बालबालिका बेसहारा भएसँगै एउटा बच्चाको पालनपोषण, शिक्षा लगायत सम्पूर्ण जिम्मेवारी लिने निर्णय गरेको उनले जानकारी दिए । ‘एउटा बच्चालाई मैले आफ्नै बालबच्चा सरह पाल्नेछु,’ उनले भने, ‘एउटा बच्चाको जिम्मेवारी लिएर उसलाई शिक्षा देखी विबाह समेत गराई सक्षम नेपाली नागरिक बनाउने आफ्नो संस्थाको लक्ष्य रहेको छ।’

पछिल्लो समय भएको प्राकृतिक प्रकोपबाट अनाथ बनेका एक जना बच्चा छनोटका लागि पहल गरिदिन उनले सञ्चारमाध्यम र प्रशासनसमक्ष आग्रह गरेका छन् ।बाढिपिडित प्रभावित ‘जिल्लाहरुको प्रशासनमा औपचारिक पत्र लिएर जाँदैछु,’ उनले भने, ‘बास्तबिक पीडित तथा अनाथ एउटा बच्चा छनोटमा सहयोग मिल्ने विश्वास लिएको छु ।’ तत्कालका लागि राहतसँगै दीर्घकालीन रुपमा राज्यलाई सहयोग पु¥याउने आफ्नो लक्ष्य रहेको उनको भनाई  छ । ।

प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४     6:42:26 PM

Ganesh Pahari

See all posts by