प्रतिभा आमा समुहको संस्था स्थापना समारोह तथा तिज बिशेष कार्यक्रम

पोखरा १ साउन ,

पोखरा लेखनाथ महानगरपालिका १४ का महिला दिदि बैनीहरुले लक्ष्मी के .सी को अध्यक्षतामा प्रतिभा आमा समुह नामक संस्था स्थापना गरेका छन्

समिति गठन गरेको केहि अगाडी गरेपनि आज एक कार्यक्रमको आयोजना गरि संस्था स्थापना तथा तिज बिशेष कार्यक्रम गरि गरेका हुन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपलिका वडा.न १४ का कार्यपालिका सदस्य यशोदा भट्टराइ के.सी नव निर्वाचित समितिका सदस्यलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना दिदै प्रशंसनिय कार्य गर्न आग्रह गर्नु भयो ।

उहाँले महिला दिदि बैनीहरुको राम्रो काममा सदैब आफनो साथ रह्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष तथा प्रतिभा आमा समुहका अध्यक्ष लक्ष्मी के .सीले आफ्नो समाज र टोललाइ बिकास गर्ने उद्धेश्यका साथ समुह गठन गरेको भन्दै सबैको भलो हुने काम गदै समाज परिवर्तनमा लाग्ने बताउनु भयो ।

त्यस्तै प्रतिभा आमा समुह सल्लाहाकार तथा महिला मानव अधिकार रक्षक संजाल कास्कीका तारा थापा मगर ले हरेक कुरामा महिलाहरु अगाडी बढ्नु पर्ने बताउनु भयो । प्रतिभा आमा समुहका सचिव राधा ओली ले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष रितु खड्काले स्वागत मनतब्य राख्नु भएको थियो भने समितिका सल्लाहाकार दुर्गा थापा , हरि देवी ओझा लगायतले बोलनु भएको थियो । संस्थाको स्थापना कार्यक्रममा उपस्थित महिला दिदि बैनीहरुले हरितालिका तिजको दर खादै शुभकामना आदन प्रदान पनि गर्नु भएको थियो । प्रतिभा आमा समुह संस्थामा समितिमा ११ जना महिला रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, भदौ १, २०७४     7:38:08 PM

Tara Chapagain

See all posts by