राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट गायिका गुरुङ सम्मानित

पोखरा ३२ साउन,
गायिका गुरुङ सम्मानित लोक दोहोरी गायिका राममाया गुरुङ सम्मानित भएकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले लोक संगीतको क्षेत्रमा गुरुङले लामो समयदेखि योगदान गरेको भन्दै सोमबार साधारणसभाको अवसरमा सम्मान गरेको हो ।
गुरुङसँगै रेडियो हेमजाका अध्यक्ष अरुण स्तोम त्रिपाठी, प्रतिष्ठानका कार्यसमिति सदस्यहरु दिलु लामा, गोबिन्द कोईरला जुना क्षेत्री, कुसुम केसी, कानुनी सल्लाहकार नारायण प्रसाद शर्मा र समाजसेवी हिरा पोख्रेललाई समेत सम्मानित भएका छन् । प्रष्ठिानले बिशेष कार्यक्रमका साथ १६ औं साधारणसभा गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठान नेपालका संरक्षक प्रजापति पराजुलीले लोक दोहोरीको क्षेत्रमा देखिएको बिकृति हटाउन प्रतिष्ठान एकबद्ध भएर लाग्नुपर्ने बताए । उनले कलाकार बीचमा हुने ठेक्काप्रथा अन्त्य गरेर कलाकारको पूर्ण हित हुने गरी प्रतिष्ठानले समानुपातिक ब्यवस्थापन मिलाउनुपर्ने बताए ।
प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष तथा कास्कीका संरक्षक पुरुषोत्तम न्यौपानेले कलाकारको सम्मानले उनीहरुमा जिम्मेवारी थप भएको उल्लेख गरे । उनले पछिल्ला समय लोक गितहरुमा बिकृति भित्रिएको तर्फ गुनासो गर्दै आँफ्नै क्षेत्रबाट सुधार आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय उपमहासचिव चालेन्द्र पौडेल, प्रदेश संयोजक तारापति सुवेदी, गण्डकी अञ्चल अध्यक्ष शंकर विरही गुरुङ, गण्डकी प्रतिष्ठानका सल्लाहकार शेर बहादुर गुरुङ, कास्कीका सल्लाहकार संयोजक सोमनाथ बास्तोला, सिटी रेवानका अध्यक्ष पिताम्बर पौडेल लगाएतले बोलेका थिए ।
साधारणसभामा कोषाध्यक्ष तुलसा जिसीले प्रश्तुत गरेको आर्थिक प्रतिबेदन र अध्यक्ष प्रेमराज अधिकारीले प्रश्तुत गरेको सांगठानिक प्रतिबेदन बहुमतले पारित गरेको छ । अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ज्ञानेश्वर सुवेदीले गरेका थिए भने द्धितिय उपाध्यक्ष दधिराम सुवेदीले स्वागत गरेका थिए ।
Photo

प्रकाशित मितिः बुधबार, साउन ३२, २०७४     4:25:11 PM

Tara Chapagain

See all posts by