छाडा चौपाया व्यवस्थापनमा जटिलता सहकारीले सम्झौता गर्यो गाउँलेले लखेटे

पोखरामा छाडा चौपाया व्यवस्थापन झन् जटिल वन्दै गएको छ । केही दिनअघि महानगरले चौपाया व्यवस्थापनको लागि मौजाको एक सहकारीसँग सम्झौता गरेको थियो ।

सम्झौता वमोजिम सडकका चौपाया लिएर गएको महानगरपालिकालाई गाँउलेले अवरोध गरेका छन् ।
चौपाया मौजामा ल्याउन नदिने भन्दै गाउँलेले वाटैवाट चौपाया फिर्ता गरेपछि सम्झौता तोडिएको छ । यसवाट महानगरपालिकालाई चौपाया व्यस्थापनमा जटिलता थपिएको छ ।

पोखरा छाडा चौपायाको कारणले असुरक्षा बढ्दै गएपछि ब्यापक बिरोध हुन थालेपछि लेखनाथ महानगरपालिकाले यत्रतत्र छरिएर रहेका पाचँ सय छाडा चौपाया ब्यवस्थित गर्ने जिम्मा पोखरा २० भलामको स्थानापति दुग्ध सहकारीलाइ लिएपनि स्थानिय वासीहरुले यसको बिरोध गरेपछि यस कार्यमा बाधा पुगेको छ । सहकारीले साविकको वडा नं २० र १६ पर्ने ठाँउमा राख्ने सम्फौता भएको थियो । महानगरपालिका का छाडा चौपाया मौजामा लादै गर्दा त्यँहाका स्थानियले यसको बिरोध गरी चौपायलाइ फिर्ता पठाएका हुन ।

उक्त ठाँउमा तिन वटा पानीको मुहान पर्ने भएकोले पानी दुर्गन्धित हुने र छाडा चौपायाले बाली नाली पनि सुरक्षित नहुने हुदा बिरोध गरेको स्थानियको भनाइ छ । वडा न. २० भलाम बासी श्रीराम पौडेलले भने “हामीले पानी खाने तिनवटा मुहान तेहि क्षेत्रमा छ पानी जस्तो संवेदनशिल कुरा लाइ हामीले कसरी फोहोर बनाउन दिने” ? उनले भने पानीको अलावा हाम्रा बाली नालीमा पनि छाडा चौपायाले असर गर्ने भएकोले यसको बिरोध गरिएको हो ।

तेसै गरि अर्का स्थानिय सुर्य अधिकारीले पनि यस सम्झौतामा आपत्ती जनाएका छन् उनले यति धेरै छाडा चौपायालाइ कुनै एउटा ब्याक्ति वा सानो संस्थाको जिम्मा लगाएर पोखरा लेखनाथ महानगरपालिका तर्कन खोजेको आरोप समेत लगाएका छन् उनले भने “यति धेरै पशु ब्यवस्थापन गर्न सारै गाह्रो हुन्छ कति पशुहरु मर्छन ”, मरेको बस्तु कहाँ ब्यवस्थापन गर्ने ? यस्ले दुर्गन्ध फैलाउने रोग उत्पन्न गराउने भएकाले पनि बिरोध गर्न बाध्य भएको उनले बताए ।

पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दिर्घनारायण पौडेलेले “पानी दुर्गन्धित पार्ने हाम्रो उदेश्य होइन पानी को मुहानलाइ संरक्षण गर्ने पशु राख्ने् ठाँउलाइ ब्यवस्थित गर्ने ”उनको भनाइ छ हामीले बुझाउन नसकेको हो कि उहाँहरुले नबुझेको हो स्थानियबासीलाइ दुख दिने कुनै उद्धेश्य नरहेको उनले बताए , “स्थानियको समस्यालाइ समाधान गरि कसैलाइ पनि असर नपर्ने गरि छाडा चौपाया ब्यवस्थित गर्न खोजिएको हो हामीले योजना बनाए अनुरुप कसैलाइ असर पर्दैन, अहिलेलाइ बिरोध गरिएकोले छाडा चौपाया लान रोकेका छौ स्थानिय बासी संग सम्झौता गरेर मात्रै अगाडी बढ्ने छौ ” उनले भने
छाडा चौपाया ब्यवस्थापन गर्न पोखरा लेखनाथ महानगरपालिका बिच चार बुदे सहमति भएको थियो सहमति अनुसार पोखराका छाडा चौपायलाइ नियन्त्रणमा लिएर ब्यवस्थापन गर्ने स्थल सम्म पुर्याउने जिम्मा लिएको थियो । ५ वटा छाडा चौपायालाइ ब्यवस्थापन गरे बापत महानगरपालिकाले सहकारीलाइ मासिक ५० हजार दिने दुइ पक्ष बिच समझौता भएको थियो समझौतामा महानगरका कार्यकारी अधिकृत दिघृनारायण पौडेलल र सहकारीका सचिव रामजी पौडेल बिच समझौता भएको थियो । महानगरपालिकामा करिब ४ हजार छाडा चौपाया रहेका छन् ।

 

प्रकाशित मितिः बुधबार, साउन ३२, २०७४     12:02:04 PM

Tara Chapagain

See all posts by