पोउवा संघमा उर्जा व्यवस्थापनबारे सचेतना कार्यक्रम

पोखरा २९ साउन ,
पोखरा उद्योग वाणिज्य संघले पोखरामा रहेका विभिन्न उद्योग÷प्रतिष्ठानहरुलाई लक्षित गरी आइतबार (आज ) एक दिने उर्जा व्यवस्थापन (आइएसओ ५०००१ ) सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
 नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उर्जा दक्षता केन्द्र(इसिसी) को व्यवस्थापन तथा नेपाल र जर्मन सरकारको सहयोगमा संचालित सो कार्यक्रम अन्गर्तत उद्योग÷प्रतिष्ठानहरुले उर्जाको खपत बचाउन आवश्यक पर्ने प्रविधीबारे जानकारी दिइएको थियो । कुनै उद्योग वा प्रतिष्ठानले बिजुली बचाउनु भनेको पैसा बचाउने मात्र हैन, मेसिनको आयू समेत बचाउनु रहेको कार्यक्रममा प्रष्ट पारिएको थियो । किफायती रुपमा उर्जाको प्रयोग गर्दै बस्तु वा सेवाको उत्पादनमा कम उर्जा खपत गर्नुलाई उर्जा दक्षता भनिन्छ ।
 कार्यक्रममा उर्जा व्यवस्थापनबारे भारतीय उर्जा विषेशज्ञ अशोक कपुर र उर्जा दक्षता केन्द्रका इञ्जिनियर मिलाब श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँहरुका अनुसार उर्जा दक्षता केन्द्रले नेपाली उद्योग र उद्योगीहरुलाई प्रतिष्पर्धी बनाउन सल्लाह र परामर्श दिनुका साथै प्रशिक्षण, प्रमाणिकरण र क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्दै आएको छ ।
  उद्घाटनको क्रममा संक्षित मन्तव्य दिँदै कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उर्जा वचतले पैसाको वचत र वातावरण जोगाउन समेत मद्धत गर्ने धारणा राख्नुभयो ।पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य संघसँगको सहकार्यमा पोखराका उद्योगी÷व्यवसायीहरुलाई उर्जा व्यवस्थापनबारे सघाउने उहाँले जानकारी दिनुभयो ।
 यसैगरी संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले उर्जा व्यवस्थापनले उद्योगबाट उत्पादित सामानहरु गुणस्तरीय हुने धारणा राख्नुभयो । संघका महासचिव दामु अधिकारी र उपमहासचिव अर्जुन पोखरेलद्धारा सयुक्त रुपले संचालित कार्यक्रममा सहभागीहरुले उर्जा व्यवस्थापनको क्षेत्रमा आवश्यक पर्ने विविध पक्षबारे जिज्ञासा समेत राख्नुभएको थियो ।
प्रकाशित मितिः आइतवार, साउन २९, २०७४     6:56:03 PM

Tara Chapagain

See all posts by