पोखरा, २८ साउन ः
पोखरामा जारी रहेको सफाई अभियानको ६३ औं हप्ता वडा नं. ३२ स्थित ऐतिहासिक राजाको चौतारामा शनिवार सम्पन्न भएको छ ।
अभियानको पश्च्मि क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रहरी नायब उपरीक्षक रामचन्द्र पौडेलले राष्ट्रिय गाना बजाएर सुरु गरेका थिए भने सामाजिक अभियन्ता एवं नागरिक समाज पोखराका अगुवा इन्द्रकमल मानन्धरले राष्ट्रिय भावनाको सपथ गराएकी थिइन् ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, हाम्रो क्रिउ स्काउट, महिला क्लब, पोखरा दीप युनाइटे क्लब, नमुना आमा समूह, तल्लो हेम्जा, ब्रम्हरुपा मावि, लगायत स्थानीय आमा समूह, टोल विकास संस्था, व्यापारिक समूह, स्थानीय प्रतिनिधि, वडाबासीहरुले समेत ऐक्यवद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए ।
हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सञ्चालित अभियानमा झण्डै ११ टन फोहरमैला संकलन भएको महानगरपालिकाका सफाई शाखाका नासु हर्क गायकले जानकारी दिए । अभियानमा सहभागीहरुलाई वडाध्यक्ष अक्कलबहादुर कार्कीले धन्यवाद दिएका थिए भने ६४ औं हप्ताको कार्यक्रम वडा नं. ३३ को बागमारामा हुने बताइएको छ ।