ताल बाराही मन्दिर संरक्षण समितिको अध्यक्षमा: कुवँर निर्वाचित

गण्ेश पहारी, पोखरा २८ साउन ।

श्रीताल बाराही मन्दीर संरक्षण समितिको पोखरा–६ बैदामको २१ औं साधारण तथा ११ औं अधिबेशनमा हिकमतबहादुर कवँर अध्यक्षतामा निर्वाचित भएका छन । उनले आफ्ना निकतमा प्रतिद्धन्दी पशुराम पहारीलाई २ मतको अन्तरले हराएका छन ।

जम्म खसेको १सय १४ मत मध्य कुवँरले ५८ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्धि पशुराम पहारीले ५६ मत प्राप्त गरेको निर्वाचन अधिकृत मेयरमान श्रेष्ठले बताएका छन । अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदका लागि निर्वाचन भएको थियो भने शनिबारनै निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचित कार्यसमितिलाई शपथ गरण समेत गराएको सचिब शिवजिकुवँर ले जानकारी दिएका छन । शनिबार भएको अधिबेशनले १३ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

उपाध्यक्ष तुलसीमहोन गिरी महिला उपाध्यक्षमा कमला भुजेल, सचिव शिबजि कुवँर , कोषाअध्यक्ष प्रेमराज पहारी, सह–सचिब महेश्वर पहारी त्यसैगरी सदस्यहरु ध्रवराज बरा्ल, निर्मल पहारी, निर्मल खत्री, मंगलबहादुर नेपाली तेसैगरि बासुदेब बराल जुना अधिकारी र मिना ढकाल रहेका छन् ।

निर्वा्चित अध्यक्ष कुवँरले यस संस्थाले गरेका राम्रा र अधुरा कामलाई निरन्तरता दिइने र नेपालको पर्यटकीय क्षेत्र र पोखराको गहनाको रुपमा रहेको फेवातालको बिच भागमा रहेको तालबाराही मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विश्वसामु चिनाउने अभियानमा आफु लाग्ने प्रतिबद्धता जनाउदै फेवातालको सरसफाई गरिने देखी अतिक्रमणमा परेको फेवाताल संरक्षणको लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका बडा न ६का अध्यक्ष जगतबहादुर पहारीलेले विश्व सम्पदाको १३ औ सुचिमा सुचिक्रित भएको छ, उनले भने । पोखराकोकै गहनाको रुपमा रहेको फेवातालको बिचभागमा रहेको तालबाराही मन्दिर विश्वको कुनै पनि ठाउँमा नरहेको बताउदै यसको संरक्षणका लागि सबै लाग्नु पर्ने बताएका छन । पोखरामा आउने अधिकाश प्रतिशत पर्यटक तालबाराही मन्दिरको दर्शन गर्ने आउने उनले उल्लेख गरे ।

यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने सकेमा पर्यटकीहरुको बसाई लम्वाउन सकिने भन्दै यसको संरक्षणमा पर्यटकीय संघसस्थाहरु र नागरिक समाज सहित स्थानिय संस्थाहरुको महत्वपूण योगदान रहने कुरामा जोड दिदै मन्दिर संरक्षणको लागि पोखरा लेखनाथ महानगरपालिका सगँ आफु सधै आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

संस्थाका उपाध्यक्ष पशुराम पहारीले स्वागत मनतब्य राखेको कार्यक्रममा संचारकर्मी दुर्गा अधिकारी, निर्वाचन अधिकृत मेहरमान श्रेष्ठ, सल्लाहकार चुडामणि पहारी, प्रेमराज पहारी तेसैगरि डा। भरत खत्री, निर्मल खत्री बडा महिला समन्वय समिति बैदाम ६ की अध्यक्ष विष्णु केसी, टोल समन्वय समिति बैदाम ६ का अध्यक्ष गिरिराज अधिकारी, रविन्द्र माकाजु र बाराही भजन समुह बैदामका ससंयोजक श्रीराम अधिकारी लगाएतका बक्ताहरुले मन्दिर संरक्षण देखी तालबाराही मन्दिरको प्रचार प्रसार गरेर पर्यटक लाई चिनाउने काम गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता रचनात्मका कार्यहरु गर्नु पर्ने भन्दै सुझाबसहित आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष हिकमत बहादुर कुवँरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिब शिवजि कुवँरले संस्थाको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाअध्यक्ष प्रेमराज पहारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः शनिबार, साउन २८, २०७४     7:49:40 PM

Ganesh Pahari

See all posts by