सिन्धुली, साउन २८ ,
सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयको पर्खाल लडेर घर भत्किँदा २७ वर्षकी दुर्गा खड्का, उहाँका छोरा १० वर्षका अनिष र ८ वर्षका मनिष तथा १५ वर्षकी छोरी शोभाको ज्यान गएको सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो ।
शुक्रबार राति चिसो भएर घर बाहिर निस्किएका दुर्गाका श्रीमान उदयबहादुरलाई प्रहरीले उद्धार गरेको छ ।