पोखरा वडा नं २६ स्थित बरालडाँडामा पहिरोले घर पुरिँदा ३ जना घाईते

पोखरा २७ साउन ,

अविरल वर्षाका कारण पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ स्थित बरालडाँडामा गएराती पहिरोले घर पुरिँदा ३ जना घाईते भएका छन् ।
स्थानीय सन्दिप बरालको घरमाथिबाट आएको ढिस्कोले घर पुर्दा उक्त घरमा भाडामा बस्दै आएका ३८ वर्षीय विर बहादुर लामा, उनकी श्रीमती जमुना लामा र २ महिने नावालक अन्जन लामा घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाईते तीन जनालाई स्थानीयहरुले उद्धार गरी उपचारका लागि मणिपाल अस्पताल पुर्याएका छन ।अहिले ३ जनाकै मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।
गएराती करिब साढे २ बजेतिर घर माथिबाट माटो ढिस्को खसेर घर पुरेको स्थानीयहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पहिरोका कारण गोठ समेत भत्किएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४     6:54:08 AM

Tara Chapagain

See all posts by