रामबजार ताया मचाः नाच एवं लाखे नाच महोत्सवको तयारी पुरा

पोखरा, २६ 
रामबजार ताया मचाः नाच समितिको आयोजनामा पोखरामा हुन लागेको लाखे नाच र ताया मचा ः नाच महोत्सवको तयारी पुरा भएको छ ।

लोपोन्मुख लाखे नाचको संरक्षण गर्ने हुतले प्रदेश नं ४ स्तरीय लाखे नाच प्रतियोगिता पश्चिमाञ्चल क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको हो । प्रतियोगितामा लमजुङ्ग, गोर्खा, स्याङ्जा,पर्वत, तनहुँ लगायतका जिल्लाहरुवाट समेत गरि २० टिमले भाग लिने विहीवार आयोजित पत्रकार सम्मेलनमा लाखे नाच व्यवस्थापन समितिका संयोजक अष्टमान प्रधानाङ्गले जानकारी दिए ।

ताया मचा नाच महोत्सवमा जिल्लाका २६ टीमले सहभागिता जनाउँदै छन् । लाखे नाच २७ गते कालिका मन्दिरको प्राङ्गणमा हुनेछ भन् ताया मचा ःनाच २८ गते श्रीकृष्ण मन्दिरमा देखाईने छ । तायाः मचा नाच तर्फ प्रथम हुनले नगद ३५ हजार १ सय ३५,प्रमाणपत्र र खिङ, द्धितियले २१ हजार १ सय २१ र ख्याली, प्रमाणपत्र , तेस्रो हुनेले १२ हजार १ सय १२ रुपैया नगद र १ जोडी ता ः र प्रमाणपत्र तथा सान्त्वना हुनेलाई नगद ५ हजार ५ र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरि उत्कृष्ट वाद्यावादक, भेषभुषा, जोकर र ख्याली लाई नगद २ हजार ५ सय र प्रमाणपत्र पुरस्कार प्रदान गरिने मुल आयोजक समितिका संयोजक सम्मरवहादुर श्रेष्ठले जानकारी दिए ।

लाखे नाचमा प्रथम हुनेलाई नगद २० हजार १ सय २१, द्धितियलाई १२ हजार १ सय १२, तृतियलाई ७ हजार ७ सय ७७ र सान्त्वनालाई ४ हजार ५ रुपैया तथा प्रमाणपत्र पुरस्कार छ ।
कार्यक्रमवाट २५ लाख आम्दानी गर्ने र १९ लाख खर्च गरि ६ लाख वचत गर्ने लक्ष्य आयोजकको छ । बचत रकम लोपोन्मुख नृत्य संरक्षमै खर्चिने योजना छ ।

प्रकाशित मितिः बिहिबार, साउन २६, २०७४     6:40:36 PM

Tara Chapagain

See all posts by