रुपा गाउँपालिका ५ मा तिजगित प्रतियोगिता हुने

लेखनाथ,२६साउन ,
देउराली फेदी टोल विकाश संस्थाको आयोजनामा हरितालिका तिजको दिन रुपा गाउँपालिका ५ देउराली फेदीमा तिजगित प्रतियोगिता आयोजना गरीने भएको छ ।
सामुदायिक स्वास्थ्य ईकाई केन्द्रको सहयोगार्थ, दोभान आमा समुह, एकान्त कुना आमा समुह, कालिका एकता आमा समुह, जनचेतना आमा समुह, दोभान युथ क्लब, फेदी नेवाः सांस्कृतीक गुठी र राष्ट्रिय परोपकार महासंघको सह–आयोजनामा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा मौलिकता झल्कने, चेतनामुलक, बेदनामुलक, विकाशमुलक र ब्यक्तिगत, संस्थागत र राजनितीक आक्षेप रहित गित प्रस्तृत गर्नुपर्ने कार्यक्रम संयोजक गोपिलाल जोशीले जानकारी दिनुभयो ।
कार्यक्रमको आकर्षणमा नेवारी संस्कृतीको रुपमा रहेको लाखे र तायमचा नाच प्रदर्शन गरीने छ भने बिभिन्न चर्चित कलाकारको प्रस्तृती पनि रहने छ । कार्यक्रममा ८४ बर्ष माथिका जेष्ठ नागरीकलाई सम्मान गरीनुका साथै समाजमा सक्रिय ब्यक्तिहरुलाई अभिनन्दन गरीने प्रचार संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमश, १० हजार, ७ हजार, ५ हजार र २ हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै उत्कृष्ट नृत्यलाई १ हजार ५ सय र उत्कृष्ट भेषभुषालाई १ हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरीने अर्थ समिती संयोजक जनक जोशीले जानकारी दिनुभयो । प्रतियोगितामा टिम दर्ताको लागि ५ सय रुपैयाँ शुल्क राखिएको छ । प्रतियोगितामा १५ टिमको सहभागीता रहने दोभान युथ क्लबका अध्यक्ष सुरेन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मितिः बिहिबार, साउन २६, २०७४     4:22:56 PM

Tara Chapagain

See all posts by