साउन २६, पोखरा ,
फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी सम्मानित हुनुहुने भएको छ । अधिकारीलाई पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान)ले सम्मान गर्न लागेको हो । अधिकारीले पोखरामा रहेको पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै एशोसिएसनले आफ्नो सातौं अधिवेशन एवं सोह्रौं साधारण सभामा सम्मान गर्ने भएको हो । भोजपुरको च्याङ्ग्रेमा जन्मीनुभएका अधिकारीले पोखरालाई आफ्नो कर्मथलो बनाइ रहनुभएको छ ।
विगत १० बर्षदेखि पत्रकारीता पेशामा आवद्ध अधिकारी नेपाल टेलिभिजनले प्रत्येक वर्ष प्रदान गर्दै आएको हेम शुनिल राष्ट्रिय जोखिमपूर्ण पत्रकारीता पुरस्कार २०७२, पृथ्वी होटल व्यवसायी संघ पोखरा, जनएकता क्लब चाउथे, पोखरा दौतरी दहोरी साझ, सात ताल दहोरी साझ, माईन्ड फ्रेश राष्ट्रिय साप्ताहिक, रिमझीम दोहोरी साझ, स्याङ्गजा उद्योग बाणिज्य संघ, लगायत दर्जनौ संघ सस्थाबाट सम्मानित भैसक्नुभएको छ ।
नेपाली कला सस्कृतिको जगेर्ना र उथान गर्दै खोज पत्रकारीताबाट समाज र देशलाई समृद्धीको बाटोमा लैजान कलम चलाउने अधिकारीका २०७२ बैशाखको भुकम्प, कालिगण्डकीको बैसरी पहिरो उद्धारको रेपोर्टिंग, नेहा हत्या, डेविसफलमा खसेका व्यक्तिको उद्धारको रेपोर्टिंग, मिसन स्कुल बस, मिसन मिट, मिसन हेल्थ, मिसन लेक मिसन फिर्के लगायतका विषयमा गरेको रिपोर्टीङ प्रसंशनीय रहेका छन । साथै उहाँले यो क्षेत्रमा हुने गरेका मेला महोत्सबको प्रबर्धनमा पनि महत्वपूर्ण भुमिका खेल्नुभएको छ । एशोसियसनले यहि साउन २८ गते शनिबार अधिकारीलाई सम्मान गर्ने एशोसियसनका अध्यक्ष के.पि. शर्मा (पाध्या) ले जानकारी दिनुभयो ।