गरि खानेको हरेक दिन

तारा चापागाई,

हरेक ब्यक्ति जीवनयापनको लागी केहि न केहि गरेको हुन्छ ,चाहे त्यो गरिब होस् या त धनि नै किन नहोस्, गरिबलाइ हरेक दिनको छाक टार्ने समस्याले सताएको हुन्छ, भने जो समपन्न हुन्छन् तिनलाइ पनि म कसरी अजै धेरै सम्पत्ती कमाउ भन्ने लागेको हुन्छ . मान्छे जन्मे देखि मर्न बेलासम्म नि धनको पछि नै दौडिरहेको हुन्छ

त्यस्तै ब्रहमदेव राम एउटा मिहीनेती पात्र हुन . भारतको बिहार प्रदेश दरवंगा जिल्लाको डोकली भन्ने ठाँउमा जन्मिएका उनी करिव !७ वर्ष देखि उनी पोखरामा छन् पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ को बिरौटा चोकमा बिगत १४ वर्ष देखि खुला आकास मुनि जुत्ता चप्पल सिलाउने , छाता रिपेरिङ गर्ने गर्छन उनी घरको जेठो छोरा गाउँको स्कुलमा कक्षा ४ मा पढ्दै गर्दा पढाइ छाडेर नेपाल आएको बताउछन् ‘उनी भन्छन’ गाउँको स्कुलमा गयो साथीह? सङ खेल्यो ,घर आयो, तेति पढाइ नहुने भएको र घरको अवस्था नाजुक भएका कारण मामा संग नेपाल आएको , पोखरामा आइसकेपछि तेति बेला दिनभरि घामपानी नभनीकन खेलौना बेच्ने काम गरे भरखरै आउदा भाषा पनि नजान्ने असाध्यै गाह्रो भयो त्यस पछि ! वर्ष पृथ्वी चोकमा अ?को पसलमा काम गरे उनले स’नाए ,अर्काको काम गर्दा चाहिएको बेलामा घर जान नपाइने र दिनभरि घाम पानीमा डुल्न गाह्रो भएर ज’त्ता सिलाउने काम गर्न लागेको ह’ँु

. यसरी गर्दा खुशि छ’ जान मन लागेको बेलामा घर जान्छु आउछु , बिगत १४ वर्ष भयो यहि ठाँउमा छु आफु बिरौटा चोकमा शुरुमा बस्ने बेलाको सम्झदै उनी भन्छन् ,,पहिला दुइ चार वटा घर र रुखहरु मात्रै थिए हेर्दा हेदै यहाँ कति परिवर्तन आयो , दिनमा ३ सय देखि ७ सय सम्म कमाइ हुन्छ खाएर लाएर घर भाडा तिरेर महिनामा १० हजार जति बचाउछु २, ३ महिनामै घर आउने जाने गछ’ु ,

उनको घरमा बाबा आमा ,श्रीमती र तिन छोरा छोरी छन् जस्को जिम्मेवारी उनी माथी छ . घरमा आफनो जमीन छैन अरुको जमीनमा अदिया काम गर्छन उनको परिवारले, बाबाले भने इट्टा कम्पनीमा काम गरेर मलाइ केहि सहयोग गर्नु हुन्छ उनले भने , यो काम त भारतमा पनि गर्न पाइन्छ हैन ? नेपालमै किन गर्नु पर्यौ भन्ने प्रश्नमा उनी भन्छन् , पहिले नेपालमै आइयो यहाँ गरि रह्दा यहि नै रमाइलो लाग्यो वहाँ आफनो ठाउँमा काम त गरिन्छ तर पैसा बच्दैन वा घर खर्चमा सकिन्छ र कमाएको देखिदैन ् यहाँ एक्लै छु बचाएर घर लान्छु, यहा काम पाउन पन सजिलो छ , वहा सबैले यो काम गर्छन , यहा त नेपालीहरुले लाज मानेर गर्नु हुन्न, हामी त गछौ सर्म लाग्दैन काम कहिले पनि सानो ठुलो हुदैन उनले भने ,उनका मामा पनि धेरै सालबाटै जुत्ता सिलाउने काम गर्छन उनको आफ्नै भाइ पनि पृथ्वीचोकमा जेरीपुरि होटलमा काम गर्छन , बिगत १७  वर्ष देखि घाम पानी नभनी निरन्तर काम गरे बानी भै सक्यो माया लाग्छ यो ठाँउ रमाइलो पनि , यस पछि आगामी योजनाहरु खासै केहि नसोचेको बताउछन् उनी जबसम्म बस्छु यहि काम गर्छु , सबैले आफ्नो भाग्य लिएर आएको हुन्छ, मेरो भाग्य पनि यहि नै रहेछ , जे छ तेसैमा खुशि छु

म काम पनि सानो ठुलो नभनी गरि नेै रहन्छु ,आफुले पढ्न नपाए पनि छोराछोरीलाइ उच्च शिक्षा पढाउने सोचमा छु भन्छन् उनी , बिहान आउछन् उही ठाउँमा बस्छन् बाटो हेर्छन को आउला भनि हरेक दिन यसरी नै गयो सालौ साल बित्यो पोखरामा अर्काको देशमा आएर खुला आकाश मुनी घाम पानी नभनीकन यतिका वर्ष सम्म यसरी काम गर्नु कुनै पनि काम सानो ठुलो भन्ने लाइ एउटा उदाहरणीय पात्र हुन उनी,

प्रकाशित मितिः मङ्लबार, साउन २४, २०७४     7:34:15 AM

Tara Chapagain

See all posts by