माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय अव काठमाण्डौमा

पोखरा साउन २२ गते ,

माछापुच्छ्रे बैंक लिमिटेडको पोखरामा सम्पन्न विशेष साधारण सभाले वैँकको केन्द्रीय कार्यालय काठमाण्डौँमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
यस अघि वैँकको केन्द्रीय कार्यालय पोखरालेखनाथ महानगरपालिका वडा नं ९, नयाँवजारमा रहदै आएको थियो । बैकको कन्द्रीय कार्यालय काठमाण्डौ सारीएपनि साधारण सभा भने पोखरामा नै गर्नु पर्न र बैक स्थापनाको मिति पोखरा भनेर लेखीने निर्णय गरेको वैँकका अध्यक्ष रोशन केसीले जानकारी दिए ।

पोखरामा स्थापित बैकको पोखरा सँग भावनात्मक सम्वन्ध भएकाले र पोखरेलीको मन नदुखाउन पनि वर्षको एक पटक साधारण सभा पोखरामै गर्न निर्णय गरीएको बैकका संस्थापक एवम बरिष्ठ उद्योग पति सूर्य बहादुर केसीले वताए ।

पोख्रेलीको साथ र सहयोगले बैकलाई सफल बनाएको वताउदै माछापुच्छ्रे बैकले पोखराको प्रबद्र्धनमा काम गरेको केसीको भनाई छ ।
बैकको ६ अर्ब ५९ करोड ८७ लाखचुक्ता पुंजी रहेको छ भने बैकले २०७४ आषाढ मसान्त सम्ममा रु ५८ अर्ब ६३ लाख निक्षेप परिचालन गरी ५१ अर्ब ८७ लाखकर्जा प्रवाह गरेको बैकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठले जानकारी दिए । बैकले यस अवधिमा .१ अर्व ३० करोड खुद मुनाफा आर्जन गरेको श्रेष्ठले जानकारी दिए ।

बैंकले चुक्तापूँजी वृद्धि गरी .८ अर्व पु¥याउन हाल १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७० स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैकिंग सुबिधाप्रदान गरीरहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, साउन २२, २०७४     6:46:06 PM

Tara Chapagain

See all posts by