साझा प्रकाशन परिसरमा हात हालाहाल, दुबै पक्ष प्रहरीमा

काठमाडौ साउन २२ ,

साझा प्रकाशन पुल्चोक परिसरमा कर्मचारीबिच झडप भएको छ । नयाँ र पुराना कर्मचारीबिच भएको झडपमा एकजना सामान्य घाइते भएका छन् । साझा प्रकाशनले नै छाप्न सक्ने सबैको नेपाली नामक पुस्तक महाप्रवन्ध डोलिन्द्र शर्माले लुकाएर अल्पाइन पब्लिकेशनलाई छाप्न दिएको र अल्पाइनले बेच्न नसकेपछि साझालाई फिर्ता गरेपछि कर्मचारीबिच विवाद भएको थियो ।

सबैको नेपाली २०७२ सालको संस्करण साझाले २ सय ४५ रुपैयाँमा बेचेको तर साझाका महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माको मिलेमतोमा अल्पाइन पब्लिकेशनले भने त्यहि पुस्तक २ सय ९९ रुपैयाँमा बेचेर कमिसन खाएको केही कर्मचारीको आरोप छ ।

बिक्रि नभएका पुस्तक आइतबार अल्पाइन पब्लिकेशनले साझा प्रकासन पुल्चोकमा फिर्ता गर्न लगेपछि विवाद भएको थियो । पुराना कर्मचारीले डोलिन्द्र प्रसाद शर्माले बदमासी गरेको भन्दै नाराबाजी गरेपछि नयाँ कर्मचारीहरुले त्यसो नगर्न आग्रह गरेका थिए ।

भनाभनका क्रममा पुराना कर्मचारीहरुले नयाँ कर्मचारीमाथी हातपात पनि गरेका छन् । कर्मचारी राम बहादुर तामाङ्खले निर्मला श्रेष्ठलाई कुटपिट गरेको भन्दै निर्मलाले ललितपुर प्रहरीमा उजुरी दिने तयारी गर्नुभएको छ । अहिले दुवै पक्षका कर्मचारी जावलाखेल प्रहरीमा पुगेका छन् भने पुस्तक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः आइतवार, साउन २२, २०७४     5:54:09 PM

Tara Chapagain

See all posts by