पोखरामा जारी बृहत सरसफाइ अभियानको ६२ औ श्रृखला वडा ंन ३१ को बेगनासतालमा उल्लेखनिय सहभागीताका साथ समपन्न भएको छ । हपतामा एक घन्टा राष्टको लागी स्वंयम सेवक भन्न्ो नाराका साथ संचालित कार्यक्रममा झन्डै १० टन प्लास्टिक जन्य फोहोर मैला संकलन भएको थियो महिला क्लव पोखराका अध्यक्ष मिना आर्चायले जानकारी दिइन्
पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी देवेन्द्र बहादुर मेघासीले राष्टिय गान बजाएर कार्यक्रको उद्घाटन गरेका थिए । उपस्थित सहभागीहरु सबैलाइ लायन्स क्लव अफ लेखनाथ सिमसार का अध्यक्ष बसुधा पराजुली भट्टराइले सरसफाइ र राष्टिय भावनाको सपथ खुवाइकी थिइन
कार्यक्रमको शुभारम्भमा पृतना हेडक्वाटरका नव आगन्तुक पृतनापति उपरथी देवेन्द्र बहादुर मेघासीलाइ अभियानका तर्फबाट सफल कार्यकालका लागी शुभकामना ब्यक्त गरिएको थियो
यस पटकको सफाइ अभियानमा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , मुक्तिनाथ बिकास बैक ओम डेभलपमेन्ट बैक , हाम्रो क्रिउ स्काउट, घारी पाटन आमा समुह , नमुना आमा समुह तल्लो हेम्जा , महिला क्लव , पोखरा अभियान युवा क्लव , लायन्स क्लव अफ लेखनाथ , लियो क्लव अफ लेखनाथ , लायन्स क्लव अफ बेगनास , ड्याम साइड टोल बिकास संस्था , महेन्द्रपुल महिला जागरण समुह , अभियान क्लव महिला उपसमिति जिरो कि मी सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ , डायमन्ड मोडेल स्कुल , जुनियर सिटिजन एकेडमी , अमर सिद्ध मा वि स्थानिय आमा समुह , सामाजिक ब्यापारिक संघ संस्था जन प्रतिनिधी लगायत वडा बासीहरुले एक्येबद्धता जनाएको नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले जानकारी दिए । वडा न ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले सरसफाइ अभियानमा उपस्थित सबैलाइ धन्यबाद ज्ञापन गरेका थिए । ६३ औ हप्ताको सरसफाइ अभियान वडा न ३२ राजाको चौतारामा हुनेछ ।