लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजको गठन अध्यक्षमा कन्चन थापा

पोखराको विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको भेलाले पोखरामा शनिबार लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजको गठन गरेको छ ।
माछापुच्छ्रे एफ एमका स्टेशन म्यानेजर कन्चन थापाको अध्यक्षतामा २३ सदस्यीय क्लबको गठन गरियको हो । नबगठित क्लबमा पवित्रा न्यौपाने प्रथम उपाध्यक्ष , पदमा अर्याल द्वितीय उपाध्यक्ष ,लक्ष्मी कोइराला सचिब,लक्ष्मी न्यौपाने सह सचिब ,लक्ष्मी भट्टराई कोषाध्यक्ष, र भिम कुमारी गुरुङ सहकोषाध्यक्ष रहेका छन् । त्यस्तै जनसम्पर्क निर्देशकमा तारा बराल,सदस्यता निर्देशकमा किरण पौडेल ,एल सी आइ एफ संयोजकमा देबी गुरुङ ,टेल टविस्टरमा मन्जु गुरुङ रिपोर्टिंग अफिसरमा डिलु तिवारी र अन्य १० जना सदस्यहरु रहेका छन् । तृतीय उपाध्याक्ष र टेमरपछी चयन गरिने उक्त क्लबको मातृ क्लब लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजका अध्यक्ष तिर्थराज आचार्यले जानकारी दिए ।

 


सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बि १ का सिनियर एड्भाइजर सुचित्रा थापाले नबगठित क्लबलाई शुभकामना ब्यक्त गर्दै लायनबादको अभियानमा महिलाहरुको मात्रै सहभागितामा क्लब गठन हुनु महत्वपुर्ण भएको बताइन । उनले यस्ता कार्यहरुले महिलाहरुको मात्रै बिकाश नभई समग्र देशनै संब्रिधिको बाटोमा अघि बढ्न सहयोगी हुने बताइन । लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजका संस्थापक अध्यक्ष एबम जोन चेयर पर्सन शिबराज आचार्यले क्लब गठन हुनु मात्रै महत्वपुर्ण कुरा नभएको भन्दै उत्कृस्ट र प्रभाबकारी कार्य नै क्लब र सबै सदस्यको व्यक्तित्व निर्माणको कसी भएको बताए ।
लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजका अध्यक्ष तिर्थराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ध्वजाको बन्दना निबर्तमान अध्यक्ष रामजी भण्डारी , स्वागत सुचना तथा संचार निर्देशक रामजी लम्साल र संचालन सह सचिब शिबराज पौडेलले गरेका थिए । .

प्रकाशित मितिः शनिबार, साउन २१, २०७४     8:00:03 PM

Tara Chapagain

See all posts by