पृथ्वी राजमार्ग बस सञ्चालक समितिको अध्यक्षमा पुन: ऐनकुमार साई

पोखरा, २१ साउन:

पृथ्वी राजमार्ग बस सञ्चालक समितिमा तेस्रो कार्यकालका लागि पनि एनकुमार साई निर्वाचित भएका छन् ।शुक्रवार अवेर सम्पन्न मतगणनामा साईले प्रतिष्पर्धी रमाकान्त गौतमलाई पराजित गरे । साईले ७३३ मत प्राप्त गरे भने गौतमको पक्षमा ३०३ मत परेको छ ।

समितिको ३ वर्षे कार्यकालको लागि महासचिव पदमा योगेन्द्रवहादुर केसी निर्वाचित वने । केसी पनि महासचिवको दोस्रो कार्यकालको लागि निर्वाचित वनेका हुन् ।  केसीले ७३३ मत प्राप्त गर्दा बरालको पक्षमा २७६ मत परेको छ । कोषाध्यक्षमा पनि जसबहादुर गुरुङ ५४५ मतका साथ विजयी भए । उनका प्रतिद्धन्दी जयप्रकाश शर्माको ४३२ मत छ । वरिष्ठ उपाध्यक्षमा विज्ञानप्रसाद श्रेष्ठ ६९९ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी भरतकुमार मल्लले २९१ मत ल्याए । उपाध्यक्ष दुई जनामा धर्मराज अर्याल (४२५) र ओमप्रसाद कार्की (४०९) विजयी भए । अघिल्लो कार्यकालका उपाध्यक्ष ज्ञानवहादुर केसी भने यो पटक पराजित वने । पाँच जनाको प्रतिष्पर्धा रहेको उपाध्यक्ष पदमा ज्ञानबहादुर केसी (३५७), मोहनबहादुर कोइराला (२६७) र कृष्णबहादुर मास्कीमगर (८५) पराजित भए ।
सचिवमा तीन जनाको प्रतिष्पर्धामा मेघराज त्रिपाठी (३१९) विजयी भए । रामचन्द्र लामिछाने (३१५) र प्रकाश गौतम (३०१) पराजित भए ।
सहकोषाध्यक्षमा कृष्णबहादुर बल्छ्यौली (३५३) विजयी हुँदा कमलसिंह तामाङ (३२४) र दीपकराज अधिकारी (२७२) मत ल्याए । महिला सदस्यमा आइतकुमारी गुरुङ निर्वा्चित भइन् । उनले ५३६ र उक्त पदमा पराजित मनशोभा गुरुङले ३४७ मत ल्याइन् । रेशमबहादुर थापा संयोजक रहेको तीन सदस्यीय लेखा समिति सर्वसम्मत भयो । सदस्यमा सूर्यबहादुर शाही र शारदा काफ्ले छन् ।

खुला सदस्यतर्फ ७ जनाको लागि भएको निर्वाचनमा अशोककुमार चौधरी (५१२), बाबुराम दवाडी साहिँला (३५१), वीरेन्द्रराज श्रेष्ठ (३५१), कृष्णबहादुर केसी (३४१), काशी शर्मा न्यौपाने (२९९), विष्णुबहादुर खड्का (२९४), रमेशकुमार श्रेष्ठ (२८८) छन् ।

क्षेत्रीय सदस्यतर्फ श्रीराम श्रेष्ठ (डुम्रे), श्यामलोचन सापकोटा (वीरगञ्ज), सन्देश रानाभाट (दमौली), प्रेमबहादुर बोगटी (गोरखा), अर्जुनकुमार श्रेष्ठ (स्याङ्जा), गोपालबाबु श्रेष्ठ (नारायणगढ), वुद्धिबहादुर घिमिरे (वेसीसहर) र खोमबहादुर थापा (काठमाडौं) निर्विरोध भएका छन् ।
नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिको पदस्थापन आईतवार हुने भएको छ ।

प्रकाशित मितिः शनिबार, साउन २१, २०७४     11:39:35 AM

Ganesh Pahari

See all posts by