डोटीमा जीप दुर्घटना, ९ को मृत्यु

डोटी २१ साउन

डोटीको बोगटान गाउँपालिका–६ गगुडाधारमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दिपायलबाट यात्रु लिएर बोगटान क्षेत्रका लागि हिँडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप राति १० बजे दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बोगटान गाउँपालिका—१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र शिखर नगरपालिका–१ कपल्केकी २८ वर्षीय चालक कृष्णबहादुर नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मितिः शनिबार, साउन २१, २०७४     7:49:04 AM

Tara Chapagain

See all posts by