जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री र उप्रमुख सावित्रि भण्डारीद्वारा पदभार ग्रहण

जिल्ला समन्वय समिति कास्कीमा निवाचित प्रमुख बैनबहादुर क्षेत्री र उप्रमुख शावित्रि भण्डारीले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।

निवाचन कार्यतालिका अनुसार शुक्रबारका लागी मतदानको दिन तोकिएको भएपनि जिल्ला समन्वय समितिमा एमाले बाहेक अरुको उम्मेदवारी नपरेपछि निवाचन आयोगले बुधबार निविरोध निवाचित भएको घोषणा गरेको थियो । मुख्य निवाचन अधिकृतको कार्यालयले शुक्रबारै सपथ ग्रहण गराएको थियो । प्रमुख निवाचन अधिकृत नगरेन्द्रलाल कर्णले प्रमुख क्षेत्रीलाई सपथ ग्रहण गराउनु भएको थियो भने उपप्रमुख सहित सदस्यहरुर्लाइ प्रखुम क्षेत्रीले सपथ ग्रहण गराउनु भएको थियो ।,

प्रमुख क्षेत्रीले जिल्ला समन्वय समितिले सवैसंग हातेमालो गदै समन्वयकारी भुमिका निर्वाह गर्ने बताउनुभयो ।‘समितिमा हामी निवाचित भएका छौ तर यहाँको विकासका लागी कास्कीमा रहेका दलहरुसंग हातेमालो गरेर समन्वकारी भुमिका निर्वाह गदै अगाडी बढने छौ ।’

 

नौ सदस्यीय समन्वय समितिमा एमालेको प्यानलै विजयी भएको हो । प्रमुखमा क्षेत्री,उप्रमुखमा भण्डारी, सदस्यहरुमा बृहस्पती सापकोटा, विष्णु पौडेल, सिता वि.क, गोमा अधिकारी, तोरण बानियाँ, जगनमायाँ गुरुङ र रुकबादुर कुमाल निवाचित हुनु भएको हो ।

कास्कीका पाँच स्थानिय तह मध्य पोखरा लेखनाथ महानगरपालिका, माच्छापुच्छे गाँउपालिका, मादी गाँउपालिका र रुपा गाँउपालिकामा एमालेले जितेको थियो भने काँग्रेसले अन्नपूर्ण गाँउपालिका प्रमुख मात्रै जितेको थियो । जिल्ला समन्वय समितिमा महानगर, गाँउपालिका प्रमुख र उप्रमुख मतदाता हुने ब्यवस्था रहेको छ । जिल्ला समन्वय समितिमा एक भोट मात्रै भएका कारण काँग्रेसले समर्थकनै नपाएछि उम्मेदावरी दर्ता गराएन ।

 

सपथ ग्रहण लगत्तै पदभार ग्रहण गर्नुभएका क्षेत्रीले कास्कीका चार गाँउपालिका र पोखरा लेखनाथ महानगरपालिकालाई गरि दुई सय विद्युत पोल वितरण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । भाच्चिएका, काम नलाग्ने र ढलेका ठाँउका पोललाई परिर्वतन गर्ने गरि चार गाँउपालिकालाई ३५ वटाका दरले र महानगरपालिकालाई ६० वटा पोल उपलब्ध गराउने निर्णयमा हस्तार गरेका छौ प्रमुख क्षेत्रीले भन्नुभयो ।

प्रकाशित मितिः शनिबार, साउन २१, २०७४     7:14:39 AM

Tara Chapagain

See all posts by