पोखरा बस ब्यावसाय समितिको सन्ध्याकालिन सेवा साउन २० बाट

 

पोखरा १९ साउन ,
तारा चापागाई
पोखरा बस ब्याावसायी समितिले आफ्ना नगर बसहरु मार्फत बिस्तारित सन्ध्याकालिन सेवा सञ्चालनमा ल्याउने भएको छ । पर्यटन ब्यावसाय, विधार्थी, मजदुर एवं बिभीन्न सेवामा सन्ध्याकालिन ब्यावसाय एव क्रियाकलापलाइ ंब्याक्तिहरुलाइ लक्षीत गरि उक्त सेवा सञ्चालन मा ल्याउन लागेको समितिले जनाएको छ ।

सन्ध्याकालिन समयमा बिभीन्न काम बाट फर्किएका तथा बिभीन्न ठाउँहरुबाट पोखरा आउने यात्रुहरु बढि मुल्य तिरेर गनतब्यमा पुग्नु परेको र कतिपय ठगिने गरेकाले यस्तो हुन नदिन सन्ध्याकालिन सेवा सञ्चालनमा ल्याउन लागेको समितिको भनाइ छ । सन्ध्याकालिन सेवामा २ रुटमा बसहरु चल्ने भएका छन् ।

पहिलो रुटमा हल्लनचोक , बराहिचोक, राष्टबैकचोक , बिरौट एयरर्पोट लखनचोक , भिमसेनचोक नदिपुर हुदै बगर सम्म चल्ने छ भने दोस्रो रुटमा जिरो कि.मी सृजनाचोक, सभागृहचोक , चिप्लेढुगां , लखनचोक गण्डकी हस्पिटल , माटेपानी हुदै काउँखोला सम्मको रुटमा चल्ने छ ।

एउटा रुटमा चार वटाको दरले दुई वटा रुटमा ८ वटा बस सञ्चालन हुनेछ । प्रत्येक आधा घण्टाको फरकमा बस छुट्नेछ ।

रात्री बस सञ्चालनको लागि यसअघि गत जेठ ३० गते बसेको यातायात ब्यवस्था समितिको बैंठकले कार्यदल गठन गरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनील शाहीको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझावका आधारमा सन्ध्याकालिन बस सेवा सुरु गर्न लागिएको हो ।

यहि साउन २० गते शुक्रबार साझ ७ बजे हल्लनचोक बाट सन्ध्याकालिन सेवा शुरु हुने भएको जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत अनिल शाहीले जानकारी दिनु भयो । उहाँका अनुसार सन्ध्याकालिन सेवा सञ्चालन कार्यक्रमको शुभारम्भ पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी र जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गर्ने शाहीले जानकारी दिनु भयो । उक्त सेवा हाल साझ ७ बजेबाट ९ बजे सम्म चल्ने छ भने पछि सेवा लिनेहरुको मागलाइ मध्यनजर गरि प्रदान गरिने पनि शाहीले बताउनु भयो

प्रकाशित मितिः बिहिबार, साउन १९, २०७४     9:58:25 PM

Tara Chapagain

See all posts by