कोशेली तीजगीत प्रतियोगिताको तयारी तीव

पोखरा १९ साउन

हिन्दू नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर रेडियो सुनौलो एफएम १०२।२ मेगाहर्जले शुभकामना आदान–प्रदान एवं कोसेली खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । रेडियो सुनौलो एफएम २०६५ सालमा महिलाहरुद्वारा संचालित पोखराको पहिलो सामुदायिक रेडियो हो । रेडियोले यसअघिका वर्षमा पनि तीजगीत प्रतियोगिता आयोजना गरेको थियो ।

कार्यक्रममा पोखराका उद्योग, व्यसाय, संघ–संस्था, राजनीति, कला, साहित्य, सांस्कृतिक, शिक्षा लगायत विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता रहने रेडियोका प्रमुख कार्यकारी अधिकृत मोतीसागर अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त अवसरमा सामुहिक दर खुवाउने कार्यक्रम समेत रहेको छ ।
आगामी भदौ ६ गते मंगलबार हुने तीजगीत प्रतियोगिताका लागि आवेदन खुल्ला भइसकेको र आवेदन निःशुल्क रुपमा रेडियोको कार्यालयका प्राप्त गर्न सकिने कार्यकारी प्रमुख अधिकारीले बताए । आवेदन आगामी भदौ ५ गते सोमबारसम्म भर्न सकिनेछ ।

प्रतियोगितामा करिब २० टीम सहभागी हुने रेडियोको अपेक्षा छ । नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा गाउने गीतहरु पनि सोही अनुरुप र समय सान्दर्भिक हुनुपर्ने रेडियोका कार्यकारी निर्देशक गंगाधर पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगीहरुले राजनीति र कोही कसैमाथि आक्षेप लगाउने खालको गीत गाउन पाउने छैनन् । प्रतियोगिताको सुनौलो रेडियोले प्रत्यक्ष प्रशारण गर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले ११ हजार १११, द्वितीय हुनेले ९ हजार १११, तृतीयले ७ हजार १११ र सान्त्वना हुनेले ४ हजार १११ र उत्कृष्ट नृत्य र भेषभूषालाई आकर्षक पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिनेछ । उक्त अवसरमा वरिष्ठ लोकदोहोरी गायक तारापति सुवेदी, जीवन दाहाल, लक्ष्मी नेपाली र शंकर सुनारका साथै अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने रेडियोले जनाएको छ ।

प्रतियोगिताका लागि कर्मचार्य ग्रुपको उत्कृष्ट उत्पादन कोशेली शुद्ध तोरीको तेलले मुख्य प्रायोजना गरेको छ । यसैगरी सुजल डेरी प्रालिको उत्पादन सफल दूध, हङ्कङ व्युटी इन्स्टिच्यूट कलेज महेन्द्रपुल, गण्डकी निर्माण व्यवसायी संघ चाउथे, इन्द्रेणी क्याटरिङ्ग सर्भिस लगायतले प्रायोजना ग।ेका छन् ।

प्रकाशित मितिः बिहिबार, साउन १९, २०७४     10:45:20 AM

Tara Chapagain

See all posts by