पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

१८ साउन:

कपिलवस्तु : खोलाले बगाई बेपत्ता

 अं.१२:३० वजेको  समयमा कपिलवस्तु नगरपालिका ११ भडसरुवा बस्ने मिठ्ठु चौधरीको छोरा अ. वर्ष १६/१७ को सागर चौधरी मुर्दनीघाट खोलामा भैंसी चराउन गएको वेला खोला तर्ने क्रममा खोलाले वगाई वेपत्ता भएको भनि खवर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटि गई स्थानियको सहयोगमा खोजि कार्य भईरहेको छ ।

रुपन्देही : विषादि सेवन गरेको

 अ.११:०० बजेको समयमा जिल्ला रुपन्देही सुद्धोधन गाउपालिका ६ मैनावार बस्ने वर्ष ३०की प्रिती पाठकले सल्फास नामक विषादी सेवन गरी उपचारको लागी मेडिकल कलेज भैरहवा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई अनुसन्धान गरिरहेको छ ।

रुपन्देही : विषादी सेवनवाट मृत्यु

मिति २०७४।०४।१८ गते ०१:०० बजेको समयमा जिल्ला गुल्मी मदाने गाउंपालीका वडा नं. ३ घर भई हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालीका ८ दिपनगर डेरा गरी बस्ने वर्ष २१की अनिता कुंबर मुसा मार्ने विषादी सेवन गरी उपचारको लागी देवदह मेडीकल कलेज भलुही लगेकोमा उपचारको क्रममा मृत्यू भएको भन्ने खबर मेडीकल कलेज भलुहीबाट  प्राप्त हुन साथ प्रहरी टोली खटिई गई थप अनुसन्धान गरिरहेको छ ।

 म्याग्दी  : ढुङगाले लागी मानिस घाईते

मिति २०७४/०४/१८ गते अं.१२.१५ बजेको समयमा जिल्ला म्याग्दी वेनि न.पा.२ दुधे खोलामा नुहाऊने क्रममा माथी बाट अचानक ढुँङगा खस्दा जिल्ला काठमाडौ बनस्थली घर भई फुटबल खेल्नको लागी रिभरसाईड क्लब बगर फाँट म्यागदीले बोलाइ आएको वर्ष २३को आसिस थापाको दायाँ हातको बुढी औला बाहेक ४ ओटा औला काटीन गई उपचारको जिल्ला अस्पताल म्याग्दीमा  ल्याएको मा सामान्य ऊपचार पस्चात थप उपचाको लागी मणिपाल अस्पताल पोखरा पठाईएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गऐको छ ।

म्याग्दी : नदिमा हाम फालेको

आज मिति २०७४/०४/१८ गते बिहान अन्दाजि १०:०० बजेको समयमा जिल्ला म्याग्दी वेनि नगरपालिका ०८ कालिपुल स्थित झोलुङगे पुलनजिक बाट नामथर वतन नखुलेको सेतो धर्के सर्ट कालो ईस्टकोट लगाएको अं.५० वर्षको जस्तो देखिने पुरुष ब्यक्ति कालिगण्डकी नदिमा हाम फालि बेपत्ता भएको भनि स्थानि बासिले टेलिफोन मार्फत खबर गरे पश्चात तत्काल प्रहरी टोलि खटि गई स्थानियको सहयोगमा खोजि कार्य भईरहेको छ ।

तनहुँ : सवारी दुर्घघटनामा २ घाईते

 मिति-२०७४।४।१८ गते अं. ११:३० बजेको समयमा जिल्ला तनहुँ ब्यास न.पा. १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ११ प ५१६८ नं.को स्कुटी र बिपरित दिसाबाट आउँदै गरेको ना ६ ख ७०१८ नं.को ट्रक ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक वर्ष ३५ को डाइमण्ड थापा र  पछाडी सवार बस्ने वर्ष ७६ की रमी थापा घाईते भई दुबै घाईतेको रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको  छ  । घटनास्थलमा प्रहरी टोलि खटि गई ट्रक र स्कुटि नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्रक चालकको भने खोजि कार्य भईरहेको छ ।

पाल्पा : बाटो अवरोध भएको

 मिति २०७४।४।१८ गते अ.१५:४५ बजेको समयमा जिल्ला पाल्पा तिनाउ गाउपालीका ३ दोभान स्थित सिद्धार्थ राजमर्गमा वर्षातको कारण माथिबाट पहिरो झरि बाटो पुर्ण रुपमा अवरोध भएको भन्ने खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटीई गई उक्त पहिरो हटाउने काम भईरहेको छ ।

पर्वत  : झुण्डी मृत फेला

 मिति २०७४।०४।१८ गते अ १२.३० बजेको  समयमा जिल्ला पर्वत मोदी गाउँपालिका-१ भुकताङले स्थित वर्ष अं.  ५०/५२ को मैतलाल कामी आफ्नै २ तले घरको माथिल्लो तलाको काठको बलोमा नाईलनको रसीको पासो लगाई झुणडी मृत छ भनी स्थानिय मानिस द्वारा  खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई अनुसन्धान गरिरेको छ ।

 रुपन्देही : मानिस पुरिएको

मिति २०७४।०४।१८ गते  अं.०४:०० बजेको समयमा जिल्ला रुपन्देही मायाँदेबि गाउँपलिका ५ स्थित रहेको गोईङका सिमेन्टको किलिङकरको गोदाममा काम गर्ने क्रममा सोही स्थान बस्ने वर्ष २४को अलाउदिन मुसलबान पुरिएको भन्ने खबर यस का.मा ०४:३० बजे प्राप्त हुना साथ तत्काल प्रहरी टोली खटि गई खोज तलास गर्ने क्रममा निज मृत अवस्थामा फेला परेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः बुधबार, साउन १८, २०७४     6:42:07 PM

Ganesh Pahari

See all posts by