१५ वर्ष बिदेश बसेपछि आफ्नो ब्यावसायीक यात्रा

पोखरा १७ साउन,
तारा चापागाई

खुम प्रसाद चापागाई अहिले एउटा सफल ब्यावसायी हुन । १५ वर्षको लामो बिदेश बसाइको लामो अनुभव पछि उहाँ स्वदेशमै केहि गर्नुपर्छ भन्ने सोचका साथ ब्यावसाय गर्छन । चितवन जिल्लाको खैरेनी १ मा जन्मिएका चापागाई को बाल्यकाल सोहि ठाँउमा बित्यो २०५२ सालमा एस एल सी दिएर बसेको बेलामा आफ्ना वरपर छिमेकी दाजुभाइ र भिनाजु भारतको दिल्ली आउने आउने जाने गर्दा उनलाइ पनि रहर लाग्यो तेतिबेला अहिलेको जस्तो पढ्नै पर्छ भन्ने बाध्यता थिएन पढ्ने त कमाउनका लागी हो भन्ने सोच थियो तेतिबेला , रिजल्टको लागी कुर्नु पर्ने भएपछि केहि समयको लागी जान्छु भन्ने लाग्यो रहरै रहरमा छिमेकी देशतिर बिदेशीए उनी

दिल्लीको शास्ती नगर भन्ने ठाँउमा सानो तिनो काम गर्दै गरे, एस एल सी को रिजल्ट पनि निस्कयो र पास पनि भए, तर अब किन पढ्नु आखिर पढ्ने कमाउनका लागी त हो नी , नेपालमा पैसा कमाउने अवसर छैन भन्ने मनमा थियो र उनको सोच कमाउने बेला बेलामा घर आउने जाने क्रम चलि नै रहयो् मध्यम वर्गिय परिवारमा जन्मिएका , घरको जेठो छोरा बाबा आमा भाइ बैनी भएको परिवार बाबाको काधँको जिम्मेवारीमा आर्थिक सहयोग गर्दै गए , केहि पढाइ तिरको ध्यान मन बाटै निकाली दिए ,भनौ पढाइमा बे्रक नै लाग्यो । दिनहरु बित्दै गए र १० वर्ष बित्यो दिल्लीमा ।

घरमा आएको बेला एक पटक साथीले काठमाडौको कपडा कम्पनीमा जागीर गलाइ दिन्छु भने पछि उनी राजधानी तिर लागे ‘नेपालको जागीर पाउदा खुशी लाग्यो भन्छन् ’उनी दुई सालको काठमाडौ को बसाइ पछि त्यो पनि बन्द भयो र तेतिबेला सम्म बिहे गर्ने उमेर पनि भै सकेको थियो ,चितवन बाट नवलपरासी को कावासोतीमा घर बनाएर उनको परिवार बसाइ सरि सकेको थियो । बाबा आमाको बुहारी भित्रयाउने चाहाना भएपछि शान्ति भट्टराइ संग वैवाहिक बन्धनमा बाधिए उनी , आफ्नो कमाइ छैन् कहाँ जाने ? के गर्ने ? पढाइमा ब्रेक लागेको १२ वर्ष भै सक्यो अब के गर्ने ? बिदेश जानु बिकल्प रहेन र फेरि खाडी मुलुक जान बाध्य भए , यतिका वर्ष भारतको बसाइ र दुई वर्ष आफनो देशको बसाइ पछि फेरि जान मन थिएन तर बाध्यता थियो अब त उनको बिहे पनि भै सकेको थियो । भरखरै बिहे गरेकी श्रीमती छोडेर मनमा पिडा सगै बाध्यता बोकेर साउदी अरबको खाडीमा लागे उनी , जब वहाँ गए तव थाहा भयो न त भने जस्तो तलव छ न त पद नै न काम , मेनपावरले त उनलाइ ठगेको रहेछ , मनमा खिन्नता जाग्यो पढ्दा पढ्दै छोडेर हिड्को दिनलाइ सम्झेर पश्चताप भयो , खाडी मुलुकको प्रचण्ड गर्मि दिनहरु बिताउन असाध्यै गाह्रो भयो दुइ सालको भिसा सकिएपछि नेपाल फर्किए अनी र कहिले पनि बिदेश नजाने अठोट् गरे , अब के गर्ने भन्ने लाग्यो नेपालमै केहि ब्यवसाय गर्ने बिचार आयो कहाँ गर्ने तनि आफनो घरको शटरमा पनि अर्कोले ब्यावसाय गरेको छ कसरी हटाउने ? तेतिबेला उनलाइ पोखरामा भएको आफ्नो सानिमा संग केहि ब्यवसाय गर्ने ठाँउ खोज्न आग्रह गरे , र संयोगवंश एउटा लुम्बिनी किराना पसल पाइयो पनि र आज ९ वर्ष सम्म तेहि पसलमा दुई जना श्रीमान श्रीमती मिलेर ब्यावसाय गर्दै आएका छन् र दुई जना छोराहरु पनि यहि जन्मिए पछि अहिले ४ जनाको परिवार छ उनको श्रीमतीको सहयोग र धर्यताले नै म सफल भएको हुँ, पोखराको लेकसाइमा बसेर ब्यावसाय गर्ने र खर्च चलाउनु कम चुनौती थिएन ,उनको साथ र सहयोग नभएका भए शायद म यहाँसम्म आउन सक्ने थिइन ,भन्छन अनी कति पटक ब्यापार नहुदा हरेश खान्थे तर श्रीमतीको हौसलाले प्रेरणा मिल्दथ्यो भन्छन् उनी ,

नौ वर्षको ब्यावसायको अनुभव राम्रो छ , घरपरिवारलाइ पनि सहयोग गरे चार जनाको परिवार बच्चाहरुको पठन् पाठन लगायतको बाबालाइ घर जग्गा जोड्नमा पनि केहि सहयोग गरेको बताउछन् उनी ३ लाखमा किनेको पसल अहिले १२ लाख जति पुगेको र केहि रकम पनि संकलन गरेको बताउछन् , बितेको दिनहरु सम्झेर उनलाइ पश्चताप लाग्छ बिदेशी भुमिमा बगाएको पसिना ,पाइको दुख ,मैले स्वदेशमै गरेको भए अझै प्रगती गर्थे होला भन्छन् उनी ,

देशमै धेरै संभावनाहरु छन् आफनो परिवार संग बसेर केहि गर्नुको बेग्लै आन्नद हुन्छ आधा पेट खाएपनि शान्ति संग बस्न सकिन्छ , आफुले बिदेशमा गएर दुख पाएकाले उनी भन्छन् सकेसम्म बिदेश नजानु यदि गएपनि सरकारबाट मान्यता पाएको ठाँउबाट श्र्रम स्विकृत लिएर मात्रै जानु पर्छ , त्यो बेला तेस्तो थिएन आजकल त धेरै सजिलो माध्यम बनेका छन् जुन देशमा जाने हो तेहाको भाषा सिकेर जाने कामहरु सकेर जाने गर्यो भने बिदेशमा गएर दुख पाउनु पर्दैन भन्ने उहाँको भनाइ छ । १५ वर्षको बिदेशको अनुभव ले उनी सकेसम्म नेपालमै केहि गरौ ह यहापनि अवसर छन् र भन्ने कुरालाइ जोड दिन्छन् राम्रो परिश्रम ले मानिसलाइ सफल बनाउछ भन्ने उनको मान्यता छ

प्रकाशित मितिः मङ्लबार, साउन १७, २०७४     9:50:44 AM

Tara Chapagain

See all posts by