आँधिखोला पौडिदा संचारक्रमी अनिता विन्दुको फुलि हराएपछि

दर्शन न्यूज , काठमाडौँ

तिज नजिकिदै जादा नेपाल टेलिभिजनकी लोकप्रिय सामाचार वाचिका तथा नेपाल पत्रकार महासंघ उपाध्यक्ष अनिता विन्दुलाई आमाले दिएको फुलि हराएपछि पर्नु चिन्ता परेको छ ।
गरगहना विना अधुरो देखिने नारी लाई झन नाकको पुलि त्यो पनि माइतिआमाले दिएको हराएपछि उनी तिजमा फुली हरायो भन्दै गीत मार्फत आफनो विलौना पोखेकि छिन । हरेक वर्ष तिजका गीतबाट सांगेतिक भेट गदै आएकि अनिता विन्दुले आफनै स्वरमा सजीएको लोकनाथ सापकोटाको शब्द तथा लयमा प्यारो माईती नामक एल्बम बजारमा ल्याएकि छिन । उनले सो एल्बम युट्यूब मार्फत सावजनिक गरेकि हुन ।


पेशाले नेपाली पत्रकारितामा लामो ईतिहास बोकेकि अनिता विन्दु स्थापित पत्रकार हुन । उनको सांगेतिक उचाई भन्दा पत्रकारीताको उचाईले उनलाई देशैभरी चिनीने गरीन्छ । गायन उनको रुचीको अर्को विषय पनि हो । यो उनको पहिलो एल्बम होईन । उनले हरेक वर्ष तिजका गीती एल्बम बजारमा ल्याउने गरेकि छिन ।

यो भन्दा पहिले पनि उनले लोकमणी सापकोटाकै लय शब्दमा म मन पराईन लाईन बरिलै नामक तीज गीत बजारमा ल्याएकि थिईन ।अनिता विन्दुको यो वर्षको तिजगीतलाई साई भिजन प्रालिले बजारमा ल्याएको हो । म खासगरी नेपाली मौलिकता बोकेको तिजमा देशभरका नारीहरुलाई समझना स्वरुप प्रेम स्वरुप तिजका गीतहरु बजारमा ल्याउने गर्छु संचारक्रमी अनिता विन्दुले भन्नि । मेरो रुचीको विषयमा गायन पनि पर्ने भएकाले मैले प्रयाश मात्र गरेको हु । सबैले मायाँ गरीदिनु हुनेछ उनले भनिन् ।
संचारक्रमी अनिता विन्दुको गीतलाई तीज नजिकीदै जादा नेपाली संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरीरहेका छन । उनको यो गीत युट्यूबमा पनी निकै रुचाईएको छ ।

 

प्रकाशित मितिः सोमवार, साउन १६, २०७४     11:57:02 AM

Tara Chapagain

See all posts by