फेवाताल किनारमा जिप खस्दा १ मृत्यु, ५ घाइते ।

पोखरा १५ साउन ,

 पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सेदि बगर रातोमाटो डाँडामा जिप दुर्घटना हुँदा १ को मृत्यु र ५ जना घाइते भएका छन् । जिप रातोमाटो डाँडाबाट करिव बीस मिटर तल फेवातालको किनारमा खसेको हो । शनिबार राती झन्डै १० बजे ग १ य ८७९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटना स्थल लेकसाइडबाट पश्चिम तर्फ पर्छ ।

कामको शिलशिलामा केही दिन अघि भोजपुरबाट पोखरा आएको र घुम्ने क्रममा दुर्घटना भएको घाइते टीकाराम राईले बताए । पोखरा जोमसोम सडक खण्डमा चल्ने उक्त जिप हिमालयन होटेलको रहेको जनाएको छ । जिप चालक बिकाश राईले आफ्नो गाउँले साथीभाइलाई शनिबार जोमसोमबाट फर्के पछि पामेमा माछा खान जाने आग्रह गरेको थियो । उनको आग्रह अनुसार माछा खाएर फर्कने क्रममा शनिबार राती करिब राती १० बजे दुर्घटना भएको कुरा टीकाराम राई बताए ।

मृत्यु हुनेमा भोजपुर पाल्तेका अन्दाजी तीस बर्षिया राम प्रसाद राई रहेको छ भने घाइते हुनेहरूमा टीकाराम राई, दिपशन राई, ध्यान बहादुर राई,भक्त बहादुर राई, बिष्णु राई रहेका छन् । उनीहरूको फिस्टेल हस्पिटलमा उपचार भैरहेको छ । गाडी घुम्तीमा नमोडी सिधै तालमा खसेपछि चालक फरार भएपछि र सामन्य घाइते भएका टिकारामले ढोका खोली निस्केको कुरा बताएका छन् । दुर्घटनापछि लेकसाइड स्थित मायादेवि कटेजका संचालक भुपाल गुरुङ सहितको टिमले देखेपछि उद्दार गरि फिस्टेल हस्पिटल पुर्याएका थिए । घाइते पाँच मध्ये दुइको अवस्था गम्भीर छ भने बाँकी तीन जना खतरामुक्त रहेको कुरा डाक्टर कुशल श्रेष्ठले बताए ।

प्रकाशित मितिः आइतवार, साउन १५, २०७४     5:49:32 PM

Tara Chapagain

See all posts by