पोखरा १२ साउन ,
पोखरा बाट (भोर्लेटार) बगैचा को लागि हिडेको लेखनाथ यातायातको बस रुदि खोलाको पुल भाचिएपछि दुर्घटना हुदा दुइजनाको मृत्यु भएको छ भने एक जनालाई रुदी खोलाले वगाएर बेपत्ता बनाएको छ । बस चलिरहेको वेलामा लमजुङ र कास्की जोड्ने रुदी दोभानको पूल भाँचिएपछि ना ५ ख ६३९५ नम्बरको बस खोलामा खसी दुर्घटना भएको हो ।
कास्की र लमजुङको सीमानामा पर्ने मिजुरेडाँडाको रुदीखोलामा दुर्घटनामा परी घाइतेभएकाहरु १५ जनालाई लम्जुङको रामबजारमा रहेको अस्पतालमा उपचारका लागी लगिएको स्थानिय मादी गाउपालिकाका ८ का वडा सदस्य सञ्जय गुरुङले जानकारी दिए । दुर्घटना स्थलमा लमजुङ्गको भोर्लेटारबाट आएको प्रहरी र स्थानीय बासिन्दा अहिले उद्दारमा जुटेका छन् । दुर्घटनाबाट भएको धनजनको विवरण संकलन भैरहेको र क्षतिको एकिन भैनसकेको उद्दारमै रहनुभएको गुरुङले बताए ।