पर्यटन ब्यावसायी महिलालाइ नेतृत्व बिकास तालिम

तारा चापागाइ
पोखरा १२ साउन ,
महिलाहरुको नेतृत्व बिकास गर्ने उद्धेश्यले पर्यटन ब्यावसायी महिला समुहको आयोजना मा पर्यटन ब्यवसायमा आवद्ध महिलाहरुलाइ दुइ दिने उद्धघोष तथा नेतृत्व बिकास तालिम समपन्न भएको छ । तालिमको दोस्रो दिन समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी पम्फा पहारी ले महिला लाइ नेतृत्व तहमा पुर्याउन यस्ता नेतृत्व बिकास तालिम अति आवश्यक रहेको बताउनु भयो ।

उहाँले महिलाहरुलाइ म जान्दिन भनेर पछाडी नहटी अगाडी बढ्न आग्रह गदै सिकेको कुरालाइ ब्यवहारमा पनि ल्याउन शुभकामना दिनु भयो । समापन कार्यक्रमका अध्यक्ष तथा नेतृत्व बिकास तालिमका संयोजक जमुना पराजुली ले तालिमबाट धेरै कुराहरु सिक्ने अवसर मिलेको बताउदै सहभागीहरुलाइ सकेको कुरा मनन गरेर अगाडी बढ्नु सुझाव दिनु भयो । प्रशिक्षक तथा सञ्चाचरिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले छोटो समयमा दिएको तालिमलाइ सबैले राम्रो सँग ध्यान दिएर ग्रहण गरेकोमा खुशी मिलेको भन्नु भयो ।

सिकाउने क्रममा आफुले पनि पर्यटन ब्यवसायी दिदीबैनीहरुबाट केहि कुराहरु सिक्ने अवसर मिलेको बताउनु भयो । प्रशिक्षार्थी लक्ष्मी लामिछानेले तालिमले आफुलाइ बोल्ने बानीको बिकास भएको खुशी ब्याक्त गर्नुभयो अर्का प्रशिक्षार्थी सविता पहारीले माइक समाउन पनि नजान्ने र बोल्न नजान्ने लाइ सिक्ने ठुलो अवसर मिलेको बताउनु भयो । वडा न.६ बैदामका दलित महिला सदस्य राममाया बि.क ले दुइ दिने तालिम रमाइलो र ज्ञान बद्र्धक भएको बताउनु भयो ।
दुइ दिनसम्म चलेको नेतृत्व बिकास तालिम पर्यटन ब्यावसायमा आवद्ध ४० जना महिलाहरुको सहभागीता रहेको थियो भने प्रशिक्षक सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले गर्नु भएको थियो ।

प्रकाशित मितिः बिहिबार, साउन १२, २०७४     7:30:40 PM

Tara Chapagain

See all posts by