तुलसीमार्गको बाटो सुभारम्भ

पोखरा, ११ साउन
पोखरा लेखनाथ महानगरपालिका वडान ११ तुलसीमार्गको कालोपत्रे गरिएको वाटो उद्घाटन गरिएको छ ।
कुल २६ लाख ९२ हजार २० रुपैयाँ लागतमा उक्त वाटो पिच गरिएको हो । उक्त पिच वाटोको वुधवार नेकपा माओवादी केन्द्रका कास्की जिल्ला ईन्चार्ज तथा पूर्व सभाष्द राजकाजी तुम(करण)ले उद्घाटन गरे ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पछाडीको उक्त वाटोको आवश्यकता वढि भएको र वाटो निर्माणमा कमैको ध्यान पुगेको नेता गुरुङले धारणा राखे । पोखरा लेखनाथ महानगरपालिकाको जगेडा कोषवाट २५ लाख ५७ हजार ४ सय १९ रुपैया र स्थानीय जनश्रमदान १ लाख ३४ हजार ६ सय १० रुपैयावाट सडक पिच गर्ने कार्य सम्पन्न भएको हो तुलसी मार्ग वाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रवहादुर विकले जानकारी दिए ।

कुल ३ सय ९५ मिटर सडक कालोपत्रे गर्ने काम जेठवाट सुरु भएको थियो । तुलसीमार्ग टोल विकास संस्थाका अध्यक्ष हर्कमान विकले वाटो पिच भएसँगै वुद्धचोकवाट महेन्द्रपुल रानीपौवा सम्म छोटो वाटो हुँदै सहज रुपमा गन्तव्यमा पुग्न सकिने विचार राखे ।

प्रकाशित मितिः बिहिबार, साउन १२, २०७४     10:53:10 AM

Tara Chapagain

See all posts by