एमाले प्रदेश नम्बर ४ को प्रचार सचिवमा पाण्डे

पोखरा, १२ साउन ,

लमजुङबाट पत्रकारिता आरम्भ गरी प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष एंव प्रदेश नम्बर ४ इञ्चार्जको जिम्मेवारीमा रहनुभएका गणेश पाण्डे नेकपा एमाले प्रदेश नम्बर ४ को प्रचार विभागको सचिवमा सर्वसम्मत चयन हुनुभएको छ ।

नेकपा (एमाले) प्रदेश नम्बर ४ को प्रचार विभागको पोखरामा बुधबार सम्पन्न बैठकले पाण्डेलाई प्रदेशको सचिवमा सर्वसम्मत चयन गरेको हो ।

बैठकमा पार्टीका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरूङ, प्रदेश संयोजक एवं स्थायी समिति सदस्य किरण गुरूङ, उपसंयोजक गणेश तिमिल्सिना, पार्टीका प्रदेश सचिव एवं प्रचार विभाग प्रमुख जगत विश्वकर्मा, उपप्रमुख श्रीनाथ वराल र विभागका सदस्यहरुको सहभागिता रहेको थियो ।

पत्रकारिताको सँगसँगै वि.सं. २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट बाँचेकाहरुको जीवनमा आाधारित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ को निर्देशन गरेर पनि पाण्डे चर्चामा रहनुभएको छ । उक्त वृत्तचित्रले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जित्दै आएको छ । दैनिक नेपाल बाट

प्रकाशित मितिः बिहिबार, साउन १२, २०७४     10:01:12 AM

Tara Chapagain

See all posts by