तुलसिपुर बजार हर्न निषेधित क्षेत्र घोषणा

दाङ, साउन ११ ,

सवारी साधनको चाँपसँगै बढेको ध्वनी प्रदुषण नियन्त्रण गर्न दाङको तुलसिपुर बजारलाई बुधबारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

हर्न निषेधित क्षेत्र घोषणासँगै बुधबारदेखि बजार क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनले हर्न बजाउन पाउने छैनन् । यसबारे जानकारी दिन बजारका विभिन्न ६ स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड राखिएको छ ।

तुलसिपुर उपमहानगरपालिका–५ का जनप्रतिनिधिको बैठकले तुलसिपुरको बजार क्षेत्रलाई साउन ११ गतेदेखि लागु हुने गरी हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । उज्यालो अनलाइनबाट

प्रकाशित मितिः बुधबार, साउन ११, २०७४     9:45:33 AM

Tara Chapagain

See all posts by